आर के त्रिपाठी लेख्छन् - इन्जिनियर भएकोले काठमाण्डौको Traffic Congestion कम गर्न लण्डनबाट मेरो सुझाव: काठमाण्डौं उपत्यकामा बाटो बढाउने ठाउँ देखिदैन। बाटो ठूलो बनाउन,घर भत्काउन र क्षतीपूर्ती दिन सकिने अवस्था छैन।
मेट्रो Underground रेलको संभावना छ तर ठूलो चुनौति छ। सानोतिनो पैसाले पुग्दैन। Safety र Construction Technology Methodology,Underground Water Taable Level,पानिको सतह र Construction Safety Parametersको कारण पनि यो पूर्ण गर्न गाह्रो देखिन्छ। Underground Metro Tunnel बनाए पछि Operate र Maintain गर्न गाह्रो देखिन्छ। सानो ५० मिटर लामो रत्नपार्क र भोटाहिटी विचको Subway त हामीले Maintain गर्न नसकेको उदाहारण छ।
Overground रेलको संभावना त छ तर सबैतिर घरले भरिएकोले यो पनि सरल देखिन्न । बागमती,विष्णुमती,धोविखोला Corridoor मा Flyover Road वा Overground Metro Rail राख्न सकिन्छ तर यसको लागी Flyover मा जान र निस्कन वा Overground Metro Station जान र निस्कन स्थान, स्थानमा चाहिने जति खाली जग्गा छैन। स्थान, स्थानमा घर भत्काउनु पर्ने हुन्छ। यो पनि सजिलो कार्य छैन। यदि Flyover वा Overground Metro बनाउने हो भने ठिकै छ तर यो कार्य करिब अरु २० वर्षमा पनि पूर्ण तयारि गर्न नसक्ने हुनाले आजदेखी नै सुरुवात गर्नु पर्ने देखिन्छ।
उता काठमाण्डौंको Traffic यति बढेको छ कि हरेक घरमा गाडी किन्ने होडवाजी छ।नयाँ मोडेलको गाडी फेर्ने होडवाजी छ। एउटा गाडी काठमाण्डौंको सडकमा चलेर विस्थापित हुँदा ३० वटा गाडी भित्रेको वा आयात गरेको अवस्था तथ्याङ्कले देखाउँछ।
Salvage:New Motor on Road को Ratio1: 30 छ। यो तरिकाले काठमाण्डौमा गाडीको संख्या प्रत्येक दिन बृद्धि भई Traffic Flow Disturb भई Congestion बढेको अवस्था छ।
अपिस समयमा बुढानिलण्ठ बाट जाउलाखेल पुग्न २ घण्टा लाग्छ। फर्कन २ घण्टा लाग्छ। अपिस समयमा थानकोट बाट भक्तपुर पुग्न र भक्तपुर बाट थानकोट पुग्न २ घण्टा लाग्छ।भक्तपुर बाट थानकोट फर्कन २ घण्टा लाग्छ। यहि अवस्था रहि गाडीको संख्या बढिरहे अब काठमाण्डौको सडकले गाडीको चाप धान्न सक्दैन। काठमाण्डौंको Traffic Congestion भयावह छ। यता तर्फ ध्यान दिन जरूरी छ।नत्र अबको २० वर्षमा यहि अनुपातमा गाडी बढ्ने, रोड नबढ्ने हुँदा Traffic Congestion स्थिती भयावह हुँदैछ ।
एउटा घरमा मानिसको संख्या हेरी एउटा गाडी मात्र किन्न र प्रयोग गर्न पाउने वा मानिसको संख्याको आधारमा बैज्ञानिक प्रणाली अपनाई काठमाण्डौ भित्र गाडी आयात गर्न सरकारलाई सल्लाह दिन चाहन्छु। बाबुको छुटै गाडी,आमाको छुट्टै गाडी,छोराको छुट्टै गाडी,छोरीको छुट्टै गाडी किन्ने व्यवस्थामा रोक लगाऔं। अपिस का अधिकारीलाई अपिसले गाडी सुविधा दिएको छ भने घरमा अर्को गाडी राख्न नपाउने नियम बनाऔं ।
हरेक दिन यो Traffic Congestion बृद्धि भई अबको २० वर्ष पछि Kathmandu को Ring Road भित्री रोडमा गाडी हिड्न नसक्ने देखिकोले राष्ट्रपती भवन देखी बालुवाटार,जय नेपाल भवन,कमल पोखरी,वाग बजार,पुतली सडक,सिंह दरबार, माईतिघर मण्डेला, थापाथली,त्रिपुरेश्वर, धरहरा,विर अस्पताल,जमल,लाजिम्पाट हुँदै पुःन राष्ट्रपति कार्यलय भित्रको Close Circle Inner Road लाई 20 वर्ष पछि Cycle City घोषणा गर्न दबाब दिऔं। घोषणा आज गर्ने तर कार्यान्वयन चाहिं 20 वर्ष पछि गर्ने गरि।
स्कुल Shuttle Bus,Hospital Shuttle Bus र ६५ वर्ष माथीका बृद्धको लागी Shuttle Bus चाहिं चलाउन पाईने गरि आज घोषणा गरि 20 वर्ष पछि कार्यान्वयनमा ल्याउन सबै पक्षबाट ध्यानाकर्षण गराऔँ ।
एउटा घरमा मानिसको संख्या हेरी एउटा गाडी मात्र किन्न र प्रयोग गर्ने वा मानिसको संख्याको आधारमा बैज्ञानिक प्रणाली अपनाई काठमाण्डौ भित्र गाडी आयात गर्न सरकारलाई सल्लाह दिन चाहन्छु। बाबुको छुटै गाडी, आमाको छुट्टै गाडी,छोराको छुट्टै गाडी,छोरीको छुट्टै गाडी किन्ने व्यवस्थामा रोक लगाऔं । अपिसका अधिकारीलाई अपिसले गाडी सुविधा दिएको छ भने घरमा अर्को गाडी राख्न नपाउने नियम बनाऔं।