हेटौंडा \ नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गरेकी थिईन् । त्यस्तै, अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त गरे । एक सय १७ मतदाता रहेको महासंघमा एक सय ७ मत खसेको थियो ।
महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ भने भने उनका निकटतम प्रतिद्न्दी गणेश अधिकारी ४९ मतसहित पराजित भए । महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्न्दी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गरिन ।
महासंघको सचिवमा केशव सुवेदी निर्वाचित भए । इन्द्र बहादुर बञ्जारालाई हराउँदै सुवेदी महासंघका सचिवमा निर्वाचित भएका हुन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बञ्जाराले ३३ मत मात्र प्राप्त गरेका थिए । कोषाध्यक्षमा प्रदीप अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५२ मत प्राप्त गर्दै गर्दा अर्का उम्मेदवार एमपी शर्माले ५१ मत प्राप्त गरेका थिए ।
यस्तै सहसचिवमा शिव प्रसाद चौलागाईं निर्वाचित भएका छन् । सहसचिवमा निर्वाचित चौलागाईले ६५ मत प्राप्त गर्दा अर्का आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गरे । समावेशी सहसचिवतर्फ रुपा गुरुङलाई हराउँदै सन्नु रिजाल निर्वाचित भईन् । रिजालले ५८ मत पाउँदा गुरुङले ४० मत मात्र गरेकी थिईन् ।
यस्तै महिला सदस्यतर्फ मा स्मिता अर्जेल ५५मत प्राप्त गर्दै निर्वाचित भईन् भने अर्का उम्मेदवार जमुना थिङ्गले ४१ मत प्राप्त गरिन् । दलित सदस्यतर्फ सञ्जीव सुनार ५३ मत प्राप्त गर्दै विजयी भए भने सुमीत विश्वकर्माले ३५ मत प्राप्त गरी पराजीत भए । सदस्य जनजातितर्फ जयराम मोक्तानलाई पराजित गर्दै सानुमाया गुरुङ विजयी भएकी छिन् । मोक्तानले ४० प्राप्त गर्दा गुरुङले ५५ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, खुला सदस्यमा निर्वाचित हुनेमा सरोज पौडेल (६५), रविन ढुंगाना (५९), श्रीराम अर्जुन (५७), श्यामलाल दुलाल (गणेश) (५३), सुमन दाहाल (५२ मत), अनिल पराजुली (५१) र कृष्णा विष्ट (५०) रहेका छन् । ७ सदस्यका लागि १२ जना प्रतिस्पर्धामा उत्रेका थिए । जसमा जीवराज बख्रेल(४७), कुमारमणी हुमागाई(३९), अशेष ढुङ्गाना(३८), नवराज वाईवा (२३) र विवेक सिंतान(२३)ले मत प्राप्त गरेका थिए ।
त्यस्तै, केन्द्रीय परिषद् सदस्यमा नवराज शर्मा र सुजन विडारी निर्वाचित भएका छन् । शर्माले ५१ र विडारीले ४५ मत प्राीत गरेका थिए । पराजित भएका कमलचन्द्र सुमनले ३५ मत प्राप्त गरेको निर्वाचन संयोजक भानुभक्त आचार्यले बताए ।