हेटौंडा \ हेटौंडा ६ चौघडामा रहेको रानी सामूदायिक वन उपभोक्ता समूहको शनिबार २८ औँ वार्षिक साधारण सभा भएको छ । समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सभामा सञ्चारकर्मी भावना रिजाल सहित विभिन्न विधामा उपभोक्तालाई सम्मान गरेको छ । सभामा निवर्तमान अध्यक्ष कृष्ण विडारी, जेष्ठ उपभोक्तातर्फ हीरामाया गौतम, तिलकबहादुर खड्का, वन प्राविधिकतर्फ दीपक अधिकारीलाई सम्मान गरेको छ ।
त्यस्तै, सालक संरक्षणमा सहयोग गर्ने रामकृष्ण राई र अमर राई, सेवा निवृत कर्मचारीतर्फ यदुकुमार घिमिरे, समूहलाई सहयोग गर्ने संस्थातर्फ सामूदायिक वन उपभोक्ता महासंघ, मकवानपुर, कर्मचारीतर्फ वन हेरालु हरिचन्द्र सापकोटा र साधारण सभामा धेरै उपभोक्ता उपस्थित गराउने सु्र्यप्रसाद दुलाल र अनिता बुढाथोकीलाई सम्मान गरेको छ ।
वन समूहले एसईइमा उत्कृष्ट अंक ल्याउने भानु माविका बन्दना चौलागाई र वंशगोपाल माविका प्रज्वल अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
सभामा वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दहाल, मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरे, फेकोफनका केन्द्रीय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, पुर्व वडाध्यक्ष अर्जुन चौलागाई, चुच्चेखोला सामूदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, चौघडा साकोसका उपाध्यक्ष त्रिविक्रम मानन्धर, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन दहाल, श्रमिक साना किसान कृषि सहकारीका अध्यक्ष निर्मला लम्साल, वन समूहका सल्लाहकार कृष्ण विडारी, बासुदेव अधिकारी लगायत विभिन्न सामाजिक संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो । वन समूहले आव २०८०८१ मा ४२ लाख बराबरको कारोबार गरेको कार्यालय सचिव भीमसेन पौडेलले बताए ।