हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको सहयोगार्थ सात दिने ब्राईडल मेकअप तालिम समापन भएको छ । गत २३ गतेदेखी सञ्चालित तालिम २९ गते समापन भएको हो । हेटौंडा १३ स्थित पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको तालिमका सहभागिलाई सोमबार प्रमाणपत्र प्रदान गरिएको छ ।
नगर प्रमुख मीनाकुमार लामाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष मीना थापाको अध्यक्षतामा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो । प्रमाणपत्र प्रदान गरेसँगै नगरप्रमुख लामाले सीपमूलक तालिमले आर्थिकभार कम हुने बताईन् । महिलाहरुले घरमै बसेर गर्न सकिने सीपले पनि आर्थिक भार कम हुनुका साथै सीपले आर्थिक प्रगति समेत हुने बताईन् ।
महिलाहरुलाई विभिन्न तालिम प्रदान गर्दै गर्दा व्यवसायिक रुपमा धेरै महिलाहरु लाग्दा नगरपालिकाले गरेको सीपप्रतिको लगानी सुरक्षित भएको जस्तो महशुस गरेको छु, नगरप्रमुख लामाले भनिन् । उनले ढाकाको कपडा उत्पादन, गुन्द्रुक, बेसार, अचार लगायत विभिन्न क्षेत्रमा महिलाहरु उद्यमी बनिरहेको समेत बताईन् ।
कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामा, नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख गंगाकुमारी चौलागाई, वडा सदस्य रञ्जु गोम्जा र कल्पना नेपाली, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा, पदमपोखरी अस्पतालका ईन्चार्ज शेरबहादुर भ्लोन, तालिमका प्रशिक्षक शान्तिमाया मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।
तालिमा सर्वोत्कृष्ट भएका सविता श्रेष्ठ र रश्मी लामालाई पुरस्कृत गरिएको थियो । तालिमा ६० जनाको सहभागि रहेको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन् । ३०/३० जनाको दुई चरणमा तालिम प्रदान गरिएको र आगामी दिनमा पनि सहकारीले यस्तो तालिम प्रदान गर्ने मोक्तानले बताईन् ।