हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताउनुभएको छ । उक्त भुमिकालाई न्यायोचित रुपमा अघि बढाउन उनले सबैलाई आग्रह गर्नुभएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधान सम्बद्ध हुन जरुरी रहेको बताउनुभयो । संविधान पालना गर्नु सबैको दायित्व रहेको र जिल्ला समन्वय समितिले समन्वयात्मक भूमिकामा रहेर चुस्त, दुरुस्त कार्यसम्पादन यहाँहरूको गाइड लाइन रहेको बताउनुभयो । उहाँले बोलेर नभइ गरेर देखाउनु आग्रह समेत गर्नुभयो ।
‘नेपालको संविधान २०७२ को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको व्यवस्था छ । उक्त संरचनाले समन्यात्मक भुमिका निर्वाह गर्नुपर्ने छ ।’ उहाँले भन्नुभयो । , ‘हामीले बोलेर होइन गरेर देखाउनुपर्छ । किनकि मानिस सुन्न होईन ? देख्न चाहान्छ । जटिल परिस्थितिमा अनुकुलता खोज्न कुनै दल र स्वार्थ बिना मकवानपुरको माटो र जनचाहानालाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको छ ।’ उहाँले बताउनुभयो ।
कार्यक्रममा वित्तिय सुशासन जोखिम मूल्यांकनको आधारमा प्रथम भएको थाहा नगरपालिका र मनहरी गाउँपालिका (७३.५प्रतिशत), द्धितीय भएको हेटौंडा उपमहानगरपालिका( ७१ प्रतिशत) र तृतीय भएको मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिका (७०.५ प्रतिशत) लाई सम्मान गरिएको थियो । जिससले विभिन्न विधामा २४ जनालाई सम्मान गरेको छ ।
जसमा सञ्चारकर्मीतर्फ गणेश दर्पण अधिकारी र भावना रिजाल, सहकारीतर्फ भोर्लेनी दुग्ध उत्पादक सहकारी संस्था लि. बागमती ५, गैरसरकारी संस्थातर्फ मकवानपुर पोजेटिभ समूह हेटौंडा, कर्मचारीतर्फ राजन खतिवडा सुचना प्रविधि अधिकृत ईन्द्रसरोवर गाउँपालिका र पुजा यादव सव ईन्जिनियर जिसस मकवानपुर, समाजसेवातर्फ अर्पण पराजुली र कल्पना शर्मा, खेलाडीतर्फ सोहन राई (बक्सिङ) र शान्ति थिङ (उस्सु/कबड्डी), सामूदायिक वनतर्फ मनकामना सामूदायिक वन उपभोक्ता समूह मकवानपुरगढी ४, स्वास्थ्य स्वयमसेविकातर्फ सानुमाया गोपाली थाहा १, मेलमिलापकर्तातर्फ थल बहादुर थापामगर राक्सिराङ ३ र शर्मिला महत भीमफेदी १ लाई सम्मान गरिएको थियो ।
त्यस्तै, एईइ परीक्षा अंकभार आधारमा सामूदायिक विद्यालयतर्फ प्रगति माध्यामिक विद्यालय र संस्थागततर्फ बालजागृति ईङ्गलिस माध्यामिक विद्यालय हेटौंडा, घरेलु तथा साना महिला उद्यमी तर्फ लक्ष्मी प्रजा, अनुग्रही सिलाई प्रशिक्षक केन्द्र मनहरी र विष्णुकुमारी राई श्रमजीवि महिला काष्ठकला उद्योग हेटौंडा, कृषक समूहतर्फ जागरण कृषि तथा पशुपालन कृषक समूह बकैया ७ लाई सम्मान गरिएको थियो ।
जिसस प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशह सभा सदस्य कुमारी मोक्तान, एकालाल श्रेष्ठ, हेटौंडा नगर प्रमुख मीनाकुमारी लामा,जिसस उपप्रमुख सानुकाजी लुईंटेल, गाउँपालिकाका अध्यक्ष ÷उपाध्यक्षहरु, प्रजिअ तीर्थराज चिलुवाल लगायत सुरक्षा निकाय प्रमुखहरुको आतिथ्यता रहेको थियो ।