आर के त्रिपाठी लेख्छन्:
काठमाडौंमा गाडीको संख्या प्रत्येक दिन वद्धि भई ट्राफिक फ्लो डिस्टप भई Congestion भएको र हरेक दिन यो Traffic Congestion वद्धि भई अबको २० वर्ष पछि रोडमा गाडी हिड्न नसक्ने देखिकोले राष्ट्रपति भवन देखी बालुवाटार,जय नेपाल भवन, कमल पोखरी,बागबजार, पुतली सडक, सिंहदरबार, माईतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, धरहरा,वीर अस्पताल,जमल, लाजिम्पाट हुँदै पुःन राष्ट्रपति कार्यालय भित्रको Close Circle Inner road लाई १५ वर्ष पछि साइकल सिटी घोषणा गरौं ।
४० वर्ष पछि लागु हुने गरि साविक चक्रपथ भित्री रोड लाई पूर्ण साइकल सिटी हुने गरि आजै घोषणा गरौं । घोषणा आज गर्ने तर पहिलो चरणको कार्यान्वयन चाहिं २० वर्ष पछि गर्ने गरि र सम्पूर्ण चक्रपथ भित्री क्षेत्रको चाहिं ४० वर्ष पछि गर्ने। तर स्कुल Shuttle bus, Hospital shuttle bus र ६५ वर्ष माथीका वद्धको लागी shuttle bus चाहिं चलाउन पाईने गरि आज घोषणा गरि कार्यान्वयनमा ल्याउन सबै पक्षबाट ध्यानाकर्षण गराऔँ।
अन्डर ग्राउण्ड मेट्रो र ओभर ग्राउण्ड मेट्रो रेल वा Overground flyover road Civil engineering पक्षबट सम्भव देखिए पनि Budget economy, Public safety र Maintainance पक्षबाट महंगो खर्चिलो देखिन्छ।
काठमाडौंको सडकमा बढेको गाडीको चाप हेर्दा अबको २० वर्षमा दुई लाख मोटर गाडी काठमाण्डौको रोडमा भित्रने देखिन्छ। हामीले काठमाण्डौंको चक्रपथ भित्रको रोड विस्तार गर्न सक्ने अवस्था छैन। किनकी दीर्घकालीन योजना बिनै धेरै घर बनाउन दिएर राज्यको निकाएले गल्ती गरिरहेछ। चक्रपथ भित्रको जग्गा कहिँ खाली देखिदैन र पूरै जमिन धेरै घरले भरि सक्यो।
यसै गरि दीर्घकालीन योजना विना काठमाण्डौको चक्रपथ बाहिर यसै जताततै घर बनाउन स्वीकृत दिन हुँदैन।काठमाण्डौंको पुरातत्विक सहरलाई विश्व माझ आकर्षित बनाउन,चिनाउन,बस्न लायक बनाउन,घुम्न लायक र विश्वकै क्रमाङ्कमा आउने शहर बनाउन Phase Wise पहिलो Phase,दोश्रो Phase गरि साइकल सिटी घोषणा गरौं।
उता अर्को तर्फ काठमाण्डौंको air polution कोलम्बो,लाहुर,कलकत्ता,दिल्लीको जस्तै प्रदुषित हुने अवस्था छ। यसको लागी काठमाण्डौंको आकाशमा Dust वा धुलो बाट हुने प्रदुषण घटाउन जरुरी छ। काठमाण्डौंको आकाशमा भएको dust प्रदुषणले यहाँ बस्ने हरेक मानिसको फोक्सोमा असर परि स्वास्थ्य कमजोर भएको अवस्था छ।
चक्रपथ क्षेत्र भित्रको भुभाग लाई अबको ४० वर्ष पछि साइकल सिटी कार्यान्वयनमा ल्याउन सकियो भने धुलो बाट हुने वायु प्रदुषण पनि घट्ने देखिन्छ। अर्को तर्फ काठमाण्डौको आकाशमा कार्वन डाइअक्साइड र कार्वन मनोअक्साईडको लेवल ह्वात्तै बढेको देखिन्छ। यो गाडीबाट निक्लने धुवाँले गर्दा वद्धि भएको हो ।
काठमाण्डौमा आजै देखि नेचुरल अक्सिजनको मात्रा बढाउनु पर्ने देखिन्छ।नेचुरल अक्सिजन दिने एउटै श्रोत भनेको रुख, विरुवा र हरियाली हो। यो व्यापक रूपमा बढाउन सरकारी निकायले पाइलट प्रोजेक्ट ल्याएको देखिदैन।
घर जग्गा भएका हरेकले जमिन कम्पाउण्डमा र घरको छतमा आजैदेखी रुख विरुवा वा गमला विरुवा व्यापक रूपमा लगाउन जरुरि छ। यसको लागी सरकारले हरेक घरमा गएर सचेतना दिनु पर्ने देख्छु। चक्रपथ भित्री रोड साइकल रोड बन्दा वायुमा डस्टको मात्रा कम हुने CO2 र CO को मात्रा घट्ने देखिन्छ।
हरेक घरले विरुवा लाउँदा यसले वायुमा अक्सिजनको मात्रा बढ्ने देखिन्छ। यसवबाट मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पर्दछ। यो धर्तिमा हामी मात्र बाँच्ने होइन। हामीले यो धर्ती छोडेर जाँदा हाम्रा छोरा,नाती, पनाती, खनाती र आउँदो पिंडीलाई सुन्दर प्रदुषण मुक्त शहर छोडेर जान सक्नु पर्दछ। यतातर्फ कसैको ध्यान गएको देखिँदैन।
अर्को तर्फ काठमाण्डौंमा स्वास्थ्यको लागी साइकल चढौं भन्ने नारा सरकारी निकायले घोषणा गर्न जरूरी छ। यसको लागी हरेक घर, स्कुल, व्यापारिक संस्था,सरकारी निकाय, जनतामा व्यापक सचेतना आवश्यक छ। यसको लागी आजै देखि हरेक नागरिकले साइकल चढौं,स्वास्थ्य बचाऔं भन्ने नारा अभियानको रूपमा लैजाऔं।
यो विषयहरु लेखिरहँदा सुन्दर प्रदुषण बिनाको शहर लण्डनमा बस्ने आर के त्रिपाठीले किन नेपालको चिन्ता गरिरहेको होला भनि गिज्याउँछन् साथीहरु। यसमा मलाई अर्को चिन्ता छ। मैले यो सचेतना मेरो लागी मात्रै लेखेको होइन ,यसबाट काठमाण्डौंको सडकभित्र गाडीको जाम घट्ने,वायुमा सिओटु र सिओको मात्रा घट्ने, धुलोको मात्रा घट्ने,ओटुको लेवल बढ्ने र हरेक मानवको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हुनाले सबैमा निवेदन मात्र गरेको हूँ।