नेपाली कांग्रेसका नेता,बौद्धिक व्यक्तित्व आरके त्रिपाठी कांग्रेस केन्द्रिय आर्थिक नीति तथा योजना विभाग सदस्यमा सदस्यमा नियुक्त हुनु भएको छ। पार्टी सभापति शेर बहादुर देउवाले बौद्धिक व्यक्तित्व आरके त्रिपाठीलाई कांग्रेसको तर्फबाट देशलाई सल्लाह दिने आर्थिक नीति र योजना तर्जुमा गर्ने महत्वपूर्ण केन्द्रीय आर्थिक नीति तथा योजना विभाग सदस्यमा नियुक्त सदस्यमा नियुक्त गर्नु भएको हो।
देशको अर्थतन्त्रलाई पार्टीको तर्फवाट सल्लाह दिने यो केन्द्रीय अर्थ विभागलाई महत्वपूर्ण विभाग मानिन्छ। यस विभागमा बौद्धिक,प्राज्ञिक र उच्च शिक्षा हासिल गरेका अनुभवी व्यक्तिहरुलाई नियुक्त गर्ने प्रचलन छ। केन्द्रीय अर्थ विभागमा मनोनीत भई काम गरेका सदस्यहरुलाई प्रायः योजना आयोग र प्राज्ञिक क्षेत्रमा नियुक्ति गर्ने प्रचलन छ।
बेलायत स्थित अन्तर्राष्ट्रिय नेपाली समुदायका अब्बल समाजसेवी बौद्धिक व्यक्तित्व आरके त्रिपाठी यस अगावै नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति विज्ञमा मनोनित भएका थिए। त्यसै गरि यस अगावै अघि आरके त्रिपाठीलाई नेपाली कांग्रेसले निर्माण विभाग सदस्यमा नियुक्त गरेको थियो। त्रिपाठी नेपाली डायस्पोराका बौद्धिक व्यक्तित्व मानिन्छन्। नेपाली कांग्रेस पार्टीले विदेशमा बसोबास गरेका नेपाली कांग्रेस कार्यकर्तालाई महत्वपूर्ण केन्द्रिय आर्थिक नीति तथा योजना विभागमा पहिलो पटक नियुक्त गरेको हो।
यस नियुक्ति सम्बन्धमा आरके त्रिपाठीले नेपाली कांग्रेस पार्टी र नेतृत्वलाई विशेष धन्यवाद दिंदै आफ्नो योग्यता र अनुभवले भ्याए सम्म नेपाली कांग्रेस पार्टीको संगठन मजबुद गर्न र नेपाली कांग्रेस पार्टीको समाजवादी अर्थ नीतिको बारेका सदैव सल्लाह प्रदान गर्ने बताए।नेपालको दीकालीन विकास योजना लाई अन्तरराष्ट्रबाट प्राप्त अनुभवलाई भरपूर प्रयोग गर्ने बताउनु भयो। कांग्रेसको केन्द्रीय आर्थिक नीति तथा योजना विभागमा मनोनीत जिम्मेवारी सहितको पत्र पाएको त्रिपाठीले बताए। उनले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी निर्वाह गर्ने समेत बताएका छन् ।
बेलायत स्थित नेपाली समुदायमा विभिन्न संघ संस्थामा नेतृत्व गरी सल्लाहकार समेत रहेका समाजसेवी त्रिपाठी नेपाली जनसम्पर्क समिति बेलायतका तीन कार्यकालको लागी पूर्व महामन्त्री समेत हुन्।त्यसै गरि गैर आवासीय नेपाली संघ बेलायतको दुई कार्यकाल पूर्व महासचिव समेत रहेका उनी बेलायतको व्यस्त ट्रान्सपोर्ट अफ लण्डन अन्डरग्राउन्डका सिनियर इन्जिनियर समेत हुन्। त्रिपाठी सिभिल इन्जिनियरिङ विषयमा स्नातक र कन्ट्रक्सन प्रोजेक्ट मेनेजमेण्ट विषयमा स्नातकोत्तर हुन्।
भर्खरै बेलायतमा भएको आम निर्वाचनमा लेबर पार्टी लाई संसदीय चुनाव जिताउन आफू बसोबास गर्ने पश्चिम लण्डन स्थित वेष्ट ह्यारो क्षेत्रको लिड चुनावी संयोजक तोकिएका थिए। त्रिपाठीकै सक्रियतामा लेवर पार्टिले संसदीय चुनाव जितेको थियो। उनकै क्षेत्रको सांसद बेलायतमा मन्त्री भए पछि धन्यवाद दिन आरके त्रिपाठी निवास आएका थिए।
बौद्धिक व्यक्तित्व त्रिपाठी लेख,रचना, स्ट्याटस,अन्तरवार्ता मार्फत नेपालको मानव अधिकार, प्रजातन्त्र,पारदर्शिता, भ्रष्टाचार निवारण,बेरोजगारी अन्त्य र कानुनी शासन पूर्ण स्थापना गर्न खबरदारी गरि रहन्छन् ।
त्रिपाठीको सिभिल इन्जिनियरिङ्ग,मेघा प्रोजेक्ट मेनेजमेण्ट,क्वालीटी कन्ट्रोल,प्रोजेक्ट सेफ्टी विषयमा धेरै लेख,रचना र रिसर्च पेपर प्रकाशनमा आएका छन्। मेघा प्रोजेक्ट मेनेजमेण्ट,डिले कन्ट्रोल विज्ञ र विकाश विज्ञ त्रिपाठीको सल्लाह सुझाव नेपालमा मात्र नभएर बेलायतका ठूलो कम्पनी र राजनितिज्ञहरुले समेत लिई रहेका छन्।त्रिपाठी विगतमा एनआरएन आईसिसी अनरी काउन्सील सदस्य र केन्द्रीय टाष्क फोर्समा बसि काम गरेका व्यक्तित्व हुनुहुन्छ।
पछिल्लो नियुक्तिलाई त्रिपाठी परिवारको लामो संघर्ष र इतिहासको कदर भन्दै त्रिपाठीले नेपाली कांग्रेस केन्द्रीय समिति सभापती शेर बहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, कांग्रेस केन्द्रीय अर्थ विभाग संयोजक डा. गोविन्द राज पोखरेल, महामन्त्री गगन थापा, विश्व प्रकाश शर्मा, सह(महामन्त्रीहरु लगायत सिंगो नेपाली कांग्रेसलाइ एवं नियुक्तिको लागी सिफारिश गर्ने सक्म्पूर्णमा धन्यवाद ज्ञापन गर्दै नेपाली कांग्रेसको शाख,शान र मान बढाउन इमान्दारिता साथ सदैव बौद्धिक क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
पद सानो ठूलो हुँदैन, गर्ने कार्य,पार्ने प्रभाव र रुपान्तरण ठूलो कुरा हो।सबैले आफ्नो आफ्नो क्षेत्रबाट नेपालको सम्वृद्धि र विकासमा योगदान गरौं। कांग्रेसको शान,मान र आवश्यकता स्थापना गरौं। २०८४ मा नेपाली कांग्रेसलाई बहुमत दिलाउन जनहितमा जोड दिऔं, त्रिपाठीले भने।
‘पार्टी कामको लगानी,पारिवारिक इतिहास, सक्रियता, बौद्धिकता, इमान्दारिता र देशको हकहितको निम्ति मैले गरेको कामलाई सम्मान गर्दै पार्टीले मलाई यो जिम्मेवारी दिएको महशुस गरेको छु,उनले भने,‘ यसबाट आगामी दिनमा समग्र पार्टीलाई सुदृढ बनाउने अभियानमा अझै लाग्नेछु।’
नेविसंघ, तरुण दल हुँदै नेपाली कांग्रेसमा क्रियाशील त्रिपाठी सम्पूर्ण परिवारको राणाकाल देखि नै नेपालको प्रजातन्त्र प्राप्तीको आन्दोलनमा विशेष योगदान रहेको छ। त्रिपाठी डायस्पोराका चर्चित बौद्धिक लेखक र समाजसेवी गनिन्छन्।