हेटौंडा \ हेटौंडा ७ स्थित हेटौंडा एडभेञ्चर क्लबको प्रथम वार्षिक साधारणसभा शनिवार हेटौंडा १८ स्थित गुम्बाडाडा पार्कमा भएको छ । साधारणसभाबाट पुनः सुशिल सुवेदीको अध्यक्षयतामा १३ सदस्यीय कार्य समिति चयन भएको छ क्लबको उपाध्यक्षमा पुरुषोत्तम रिमाल,सचिवमा मनोज कुमार गौतम ,सहसचिवमा सीताराम तिमल्सिना,कोषाध्यक्षमा जमुना गौतम चयन भएका छन् । क्लबको सदस्यहरुमा भने अशोक चौलागाईं, निसना आचार्य, लक्ष्मी अधिकारी, ओम प्रसाद फुयाल,अप्सरा पौडेल, विक्रम लुईटेल विजयराज थिङ चयन भएका छन् ।
क्लबका अध्यक्ष सुशिल सुवेदीको सभाध्यक्षतामातथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो । कार्यक्रममा बोल्द्र श्रेष्ठले क्लबले सामाजिक र पर्यटकीय क्षेत्रमा गरेको काम गरेको छ आगामी दिनहरुमा पनि रचनात्मक कार्य गर्नको लागी आग्रह गरेका छन् । क्लबले गर्ने कार्यक्रम को उचित योजना बनाएर पेश गरेमा प्रदेश सरकारबाट समेत सहयोग
गर्ने बताए ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष राजन थापा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा ,समाजसेवी सुवोध रिमाल ,समाजसेवी उर्मिला श्रेष्ठ, सल्लाहकार किरण लामिछाने ,प्रेम प्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।
क्लबका सचिव मनोजकुमार गौतमले सञ्चालन गर्नुभएको सभामा अध्यक्ष सुवेदीले प्रतिवेदन पेश गरेका थिए । नवनिर्वाचित समितिको कार्य समितिको अबधि ३ वर्षको रहनेछ । क्लबले सामाजिक, खेलकुद तथा पर्यटकीय क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।