चपुर \ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ‘अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस अक्टोबर १३, ‘अन्तर्राष्ट्रिय पर्वत दिवस डिसेम्बर ११ को सम्झनामा विपद् रोकथाम र हरियाली संरक्षण गर्ने कार्यमा सराहनीय भूमिका निर्वाह गर्दै मधेश प्रदेशको चन्द्रपुर स्थित जन एकता र हातेमामालो सामुदायिक वन क्षेत्रमा ‘आशाको वन’ अभियान अन्तर्गत सर–सफाई कार्यक्रम गरेको छ ।
कार्यक्रममा संयोजक दीपक मानन्धरले प्रज्ज्वलनशील पदार्थका कारण हुने डढेलोबाट वन–जंगलको हरियालीलाई जोगाउने र पारिस्थितिक वातावरणलाई संरक्षण गर्ने कार्यचाहिँ, स्वस्थ मानव-जीवनसँग नजिकको सम्बन्ध भएको र स्थानीय समुदायमा सुरक्षा थपेर हरियाली बढाउँदै लगेर दिगो विश्व वातावरण कायम राख्ने लक्ष्य लिएको बताए । एकसाथ सहभागी भएको आशाको वन अभियानचाहिँ, कार्बन उत्सर्जन न्यूनीकरण गरेर हरियाली सिर्जना गर्न योगदान पुर्याई दिगो तथा सुरक्षित समाज निर्माण गर्न परमेश्वरको मण्डलीले गरिरहेको सामाजिक गतिविधि समेत रहेको मानन्धरले बताए । उनले वृक्षारोपण, हानिकारक बोटबिरुवा न्यूनीकरण, फोहोर र प्रज्वलनशील सामग्री सङ्कलन, वन डढेलो रोकथाम जस्ता गतिविधिहरू गर्दै आइरहेको बताए ।
जनएकता र हातेमामालो सामुदायिक वन क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा परमेश्वरको मण्डलीका सदस्यहरू र उनीहरूका परिवार, अनि छिमेकीहरू गरेर ३५० जनाले उक्त क्षेत्रको ३ किलोमिटर दूरीमा डिस्पोजेबल फोहोर, जथाभावी फ्याँकिएका प्लास्टिक, क्यान, प्लास्टिकका झोला, शीशी लगायत प्रज्वलनशील पदार्थ र फोहोरहरू संकलन गरिएको थियो । बिहान ९ बजेदेखि १२ बजेसम्म जारी रहेको उक्त अभियानद्वारा ३०० बोराभन्दा बढी प्लास्टिक फोहोरहरू सङ्कलन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफ्लेले परमेश्वरको मण्डलीले आज यो ठाउँमा सरसफाइ कार्यक्रमको आयोजना अभियानले यो नगरपालिका मात्र नभएर संसारलाई नै सफा बनाउने बताए । यस कार्यलाई निरन्तरता दिन आग्रह गर्दै नगरपालिकाको तर्फबाट सधै साथ सहयोग र सहकार्य गर्ने बताए ।
आजको उक्त कार्यक्रममा मधेश प्रदेश अन्तर्गत चन्द्रपुर, वीरगञ्ज, सिमरा ,हरिवन, बर्दिबास सहित बागमती प्रदेशको हेटौँडा, बस्तिपुर र सिन्धुली मण्डलीका सन्तहरू सरसफाईमा सहभागीता रहेको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा ६ का वडा अध्यक्ष सहदेव केसी, हातेमालो वन समितीका अध्यक्ष रामलाल ठोकर र जन एकता सामुदायिक वन समितिका अध्यक्ष हीमज्योति सुयाल लगायतकाको आतिथ्यता रहेको थियो । हरियाली संरक्षण र वन डढेलो रोकथामको महत्त्वलाई प्रवद्र्धन गर्न प्यानल प्रदर्शनी समेत गरिएको थियो ।
परमेश्वरको मण्डलीले यसअघि ११ तारिखमा पनि रत्ननगर,चितवन राष्ट्रिय निकुञ्जमा आशाको वन अभियान गरेको थियो । यस्तो कार्यचाहिँ परमेश्वरको मण्डलीको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा गरिने ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्जचाहिँ ‘सङ्कटमा परेको विश्वव्यापी गाउँमा आशा बाँडौं’ भन्ने उद्देश्यका साथ दिगो विकास लक्ष्यहरू सँगै कदम चाल्दै जलवायु परिवर्तनविरुद्ध प्रतिक्रिया, गरिबी र भोकमरी उन्मूलन, र दिगो तथा सुरक्षित समाज निर्माण जस्ता ६ वटा विधाहरूमा सञ्चालित रहेका छन् ।