हेटौँडा \ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालयका विद्यार्थीहरूको स्वयंसेवक समूह ASEZ ले विभिन्न क्षेत्रहरूमा सेवाका कार्यहरू गर्दै आएको छ । यसै परिप्रेक्ष्यमा विभिन्न सेवाका गतिविधि मध्ये 'आशाको च्यालेन्ज अन्तर्गत परमेश्वरको मण्डली हेटौडाको ASEZ द्वारा आज सोमबार रातो माटे अवस्थित दिव्य सेवा निकेतन आश्रममा रहेका 'बुबा आमा हजुरहरु एक्लो हुनु हुन्न, हामी पनि हजुरहरूको साथमा छौ भन्ने 'आशा दिने च्यालेन्ज मार्फत स्वयंसेवा कार्य सम्पन्न गरेको छ।
हिजोआज प्रेम सेलाउदै गइरहेको अनि बुबाआमाहरूलाई आदर गर्नुपर्छ भन्ने भाव हराउदै गइरहेको वर्तमान संसारमा विद्यार्थीहरूले वृद्ध आश्रममा बुबाआमालाई खाजा खुवाएर, टोपी र मोजा पनि उपहार प्रदान गरेर आमाको न्यानो माया प्रदान गरेका छन् । स्वयंसेवक विद्यार्थीहरूले माताको प्रेमको मन लिएर आश्रममा भएका बुवाआमाहरुलाई, हात, खुट्टामा मसाज गरी, कपाल कोरी बुबा आमालाई खुशी दिँदै सँगै नाच्नु भएर बुबा आमालाई सेवा गरेका थिए ।
कार्यक्रममा दिव्य सेवा निकेतन आश्रमस्थलका संस्थापक तेजराम निरौला साथै पूर्व सांसद केदार न्यौपानेको पनि उपस्थिति रहेको थियो । अतिथिहरूले विद्यार्थीहररूको सेवा कार्य प्रशंसनीय भएको उल्लेख गरेका थिए । युवा अवस्थादेखिनै बुबाआमाप्रतिको आदर र सेवाको भाव साँच्चै राम्रो र उत्कृष्ट रहेको भन्नुहुँदै ASEZ ले गरको कार्यको खुलेर सबैले प्रशंसा पनि गरेका थिए । ASEZ को पूरा रूप चाहिँ Save the Earth from A to Z हो अर्थात् सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔ भन्ने हो ।
परमेश्वरको मण्डली चाहिँ १७५ वटा देशका सात हजार ८ सय वटाभन्दा बढी क्षेत्रहरूमा स्थापित भएको, अनि ३७ लाख जना जति सदस्यहरू आबद्ध यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, उद्धार, शैक्षिक सहयोग जस्ता स्वयंसेवाका गतिविधिहरू २९ हजार पटकभन्दा बढी गर्दैआएको छ । यसले नेपाल देशभित्र अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा कोशी प्रदेश दमकको श्री जनचेतना आधारभूत विद्यालयलाई एक सय वटा स्कुल झोला वितरण गरेको थियो ।