बेलायत \ नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसद भवन भित्र १३ जनवरी २०२५ का दिन एक विशेष कार्यक्रममा संबोधन गर्न बेलायत आउने हुनु भएको छ। बेलायतका विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणा र बेलायती उद्योग व्यापार वाणिज्य मन्त्रीका निकट सहयोगी सल्लाहकार बौद्धिक व्यक्तित्व आर.के त्रिपाठीको संयोजनमा नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायत आउनु हुनेछ।
बेलायतको संसद भवन भित्र बेलायती विदेश मन्त्री र उद्योग व्यापार वाणिज्य मन्त्री लगायत सांसदको उपस्थितिमा संबोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एशियाबाट दोश्रो भाग्यमानी नेता डा. शेखर कोइराला बन्नुहुने भएको छ। यस अघि दक्षिण एसियाबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मात्र यो सौभाग्य प्राप्त गर्नु भएको थियो।
बेलायत सरकारको नजरमा परेका विश्वका विभिन्न शक्तिशाली देशका शक्तिशाली सरकार प्रमुख, प्रजातान्त्रिक आन्दोलन, मानव अधिकार शान्ति स्थापना वाक स्वतन्त्रता सुशासन भ्रष्टाचार नियन्त्रण बारे पहेरदारी भूमिका खेलेका साउथ एसियाका नेताहरु मध्ये बेलायती सरकारको नजरमा विशेष भुमिका खेलेका नेताहरु वा शक्तिशाली देशका सरकार प्रमुखहरुलाई मात्र बेलायत सरकारले बेलायतको फूल संसद वा मिनी संसद हल भित्र बेलायती मन्त्रीले नै निमन्त्रणा गरि मन्त्रीकै उपस्थितमा संबोधन गर्न दिने प्रचलन छ।
बेलायतको संसद भवन अवलोकन गर्न सबैलाई निशुल्क प्रवेश भए पनि विश्वका उत्कृष्ठ र वरिष्ठ नेताहरुले संबोधन गर्न पाउने अवसरको व्यवस्था मिलाउन बेलायतका मन्त्रीले वा माननीय सांसदले मात्र कार्यक्रम राख्न पाउने व्यवस्था छ। बेलायतको संसद भवनभित्र बेलायती सांसदले कार्यक्रम राखे पनि बेलायतको मन्त्रीहरुले विदेशी नेताहरुको लागी धेरै कम वा विरलै कार्यक्रम राख्दछन्।
नेपालको ६ पटक प्रधानमन्त्री भईसकेका गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा माधव नेपाल, सुशील कोइराला, केपी शर्मा वली, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनालले विगतमा बेलायत भ्रमण गर्दा समेत यो अवसर प्राप्त गरेका थिएनन्।
संसद भवन भित्र रहेको तीन वटा संबोधन हल मध्ये डा. शेखर कोइरालाले संबोधन गर्न प्रबन्ध गरिएको मिनी संसद हल यस अगाबै अमेरिकी राष्ट्रपति र ठूला देशका प्रधानमन्त्री वा बेलायती सरकारको नजरमा विश्व राजनीतिमा उच्च मुल्यांकनमा परेका विशेष नेताले मात्र विगतमा संबोधन गर्न पाएका थिए। यो हल साना देशका प्रधानमन्त्री समेतलाई उपलब्ध गराईँदैन। साना देशका मन्त्रीहरुको त गणनै हुँदैन।
नेपाल वा नेपाली नेताले २०९ वर्ष देखि यो अवसर पाएको थिएन। २०९ वर्षको बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसद भवन भित्र बेलायती विदेश मन्त्री र उद्योग, वाणिज्य,व्यापार मन्त्रीको उपस्थितीमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा. शेखर कोइराला बन्नु भएको छ।
यो नेपालको लागी ठूलो गौरवको विषय हो। बेलायत सरकारले मन्त्रीहरु नै उपस्थित भएर अहिले सम्म यसरी संसद भवन भित्र संबोधन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बाहेक दक्षिण यशिया बाट कसैलाई निमन्त्रणा गरि संसद भवन उपलब्ध गराएको थिएन । राजनिती गर्ने नेताहरुको लागी बेलायतको संसद भित्र Westminister हल र अमेरिकी राष्ट्रपती कार्यालयको ह्वाइट हाउस भित्रको हलमा मन्त्रीहरुको साथमा संबोधन गर्न पाउनु संसारका सबै नेताहरुको जीवनको राजनैतिक सपना मानिन्छ।
संसद भवन भित्र सांसदले बुक गरि छिटफूट सामान्य महत्वको कार्यक्रम राख्ने गरेको भए पनि बेलायत नेपाल सम्बन्धको २०९ वर्षको इतिहासमा यस अगाडी बेलायतको मन्त्रीले नेपालको प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री, मन्त्री, नेता, सांसदको लागी कार्यक्रम राखेको थिएन। विगतमा नेपालको प्रधानमन्त्रीले पटक पटक बेलायत भ्रमण गरेको बेला नेपाली दुतावासले ठूलै प्रयास गर्दा समेत बेलायती मन्त्रीले नेपालको लागि संसद भवन भित्र संबोधन गर्न कुनै पनि कार्यक्रम आयोजना गरेका थिएनन् ।
यस अगाडी नेपालका प्रधानमन्त्री, मन्त्री आउँदा सरकारी भेटघाट सेमिनारमा उपस्थिती भई तत् पश्चात नेपाली दुतावास, नेपाली समाज, एनआरएन, नेपाली राजनैतिक पार्टी कार्यकर्ताको मात्र खादा माला खाएर संबोधन गर्दै फर्कने चलन थियो तर बेलायत सरकारले नेपालको प्रजातन्त्र प्राप्तिको आन्दोलनको लामो त्याग र इतिहास हेरी डा. शेखर कोइरालालाई नेपालबाट यो पहिलो ऐतिहासिक अवसर दिएको छ।
कोइराला परिवारको नेपाल लगायत दक्षिण एशियाको प्रजातन्त्र, मानव अधिकार र शान्ति स्थापनामा लामो समर्थन, समर्पण, त्याग, तपस्यालाई सम्मान गर्दै र डा. शेखर कोइरालाको सादगी र बौद्धिक राजनैतिक व्यक्तित्व, लोकतन्त्र र मानव
अधिकार रक्षा, शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षको अथक वकालत गरिरहेको कार्यको उच्च मुल्यांकन गर्दै दक्षिण एसियाकै नेताहरु मध्ये डा. शेखर कोइरालाको बढिरहेको Charasmatic Clean Towering Personality को कदर बापत बेलायत सरकारले संबोधन गर्न यो मिनी संसद हल उपलब्ध गराएको हो। यो भिआईपि हलमा संबोधन गर्न बेलायतको विदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयले स्वीकृत दिनु पर्दछ।
बेलायतको संसद भवन Westminister भित्रको अन्य हलमा कार्यक्रम राख्न बेलायतका सांसद र मन्त्रीलाई सजिलो भए पनि बेलायती वाणिज्य तथा व्यापार मन्त्रीको लामो प्रयास बाट डा. शेखर कोइरालालाई बेलायती मन्त्री सांसदहरुको उपस्थितिमा संबोधन गर्न भिआईपि हल प्राप्त भएको हो।
डा. शेखर कोइरालाले बेलायतको संसदमा नेपालको हिउँ पग्लेको विषय,Climate Change Effect न्युनिकरण नेपाललाई दिईरहेको अनुदान सहयोगलाई धन्यवाद दिँदै बढाईदिन आह्वान, गोर्खा पेन्सन असमानता वा विभेद अन्त्य गरि गोर्खालाई व्रिटिस सरह पेन्सन दिनु पर्ने, व्रिटिश ब्ष्चधबथक मार्फत बेलायत नेपाल सिधा हवाई सम्पर्क गराउन व्रिटिस सरकारलाई अनुरोध, विश्व पर्यावरण असर न्युनिकरण, बेलायतका कम्पनीलाई नेपालमा उद्योग व्यवसाय लगानी गर्न आह्वान, बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरिदिन आह्वान साथै भारतको ब्याङ्ग्लोर विश्व विद्यालयका IT Expert लाई बेलायतका कम्पनिले काम दिए जस्तै नेपालका IT Expert लाई पनि काममा लिईदिन आह्वान गर्नु हुनेछ।
डा. शेखर कोइरालाले बेलायत सरकारलाई अहिले सम्म दिईरहेको अनुदान सहयोग लाई धन्यवाद दिंदै नेपालको मानव अधिकार, प्रजातन्त्र संरक्षण,कानुनी राज्य स्थापनामा गरिरहेको सहयोग र खबरदारी लाई धन्यवाद दिनुहुनेछ।
यस अगाबै डा. शेखर कोइरालालाई बेलायत स्थित नेपाली नागरिक समाजले अभिनन्दन गर्नेछ। डा. कोइराला एनआरएन र नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुनु हुनेछ। डा. कोइरालाले Oxford University, Cambridge University साथै Norwich University प्राज्ञिकहरुले सामुहिक रूपमा राखेको कार्यक्रमको संबोधन गर्नु हुनेछ। तत्पश्चात डा. कोइराला बेलायतको सबैभन्दा चुचुरो हिम शिखर वेन डेभिज अवलोकन गर्नुहुनेछ।
यस बीच डा. शेखर कोइरालाको सम्मानमा सम्पूर्ण बौद्धिकहरुको तर्फ बाट बौद्धिक आर.के त्रिपाठीले रात्री भोजको आयोजना गर्नुहुनेछ। आर.के त्रिपाठीको बेलायतका उद्योग वाणिज्य मन्त्री सँगको निकट सम्बन्धको कारणले बेलायती विदेश मन्त्रीको उपस्थितिमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई बेलायतको संसदमा हुने यो ऐतिहासिक कार्यक्रमको संयोजन गर्न बेलायत सरकारले आरके त्रिपाठीलाई जिम्मेवारी दिएको बुझिएको छ। यस सम्बन्धका बुझ्दा आरके त्रिपाठी यसो भन्नु हुन्छ नेपाल बेलायत सम्बन्ध सरकार र सरकार बीच प्रगाढ थियो।
पछिल्लो ४० वर्ष देखि यो सम्बन्धमा People to people Approach थपिएको थियो । अब यो सम्बन्ध विस्तारै pepple to Government समबन्धमा परिणत हुँदै गएको छ। बेलायतको उद्योग वाणिज्य मन्त्रीले मलाई विश्वास गर्नु नै मैले यो जीवनमा कमाएको ठूलो उपलब्धी लागेको छ। बेलायत बसेको २२ वर्ष भयो। बेलायतको संसद भवन प्रवेश गर्न शुल्क फ्रि भएकोले अवलोकन गर्न पटक पटक गएको थिएँ।छिटफूट सांसदले राखेको कार्यक्रममा गएको थिएँ तर बेलायती मन्त्रीहरुले नै चासो दिएर नेपाल विकास बारे बेलायती संसद Westminister Hall भित्र भिआईपि हल बुकिङ्ग गरि बेलायती मन्त्रीकै उपस्थितिमा कार्यक्रम भएको पत्तो छैन।यस्ता कार्यले नेपालको शान, मान, इज्जत बढेको छ। गौरवान्वित भएको छु। यो मौका हो। यस्ता कार्य बढाउँदै लानु पर्दछ। नेपाल र बेलायतमा बस्ने नेपालीको हितमा प्रयोग गर्नु पर्दछ। यस्ता खाले कार्यक्रमले दिने कुटनैतिक मेसेज ठूलो, महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने देखिन्छ। हरेक नेपालीले जहाँ बसे पनि नेपालको शान, मान, इज्जत, गौरव उठाउँदै नेपालको विकास र सम्वृद्धिमा सहयोग गर्नु पर्ने बेला आएको छ। दक्षिण एसियाबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पछि डा. शेखर कोइरालालाई बेलायतको संसदमा बेलायती मन्त्रीहरुले यो स्वागत गर्नु हामी सबैको गौरवको कुरा हो। नेपालको प्रजातन्त्र, लोकतन्त्र मानव अधिकार र कानुनी राज्य स्थापनामा पहेरदारी गर्दै नेपालको विकाश र सम्वृद्धि गर्न डा. शेखर कोइरालाको नेतृत्वको आवश्यकता बढेको महशुस गरेको छु। हेरौं यस्ता कार्यक्रमको शुरुवातले बेलायत नेपाल सम्बन्ध अझै दह्रो विश्वासिलो र भरपर्दो बनाउन सहयोग गर्नेछ।