आर के त्रिपाठी लेख्छन् :-
नेपालको सम्वृद्धि र दीगो विकास कांग्रेसले नै गर्ने हो। अन्य राजनैतिक पार्टीबाट यो कार्य सम्भव देख्दिन। स्टन्ट बाजी र लोकरिझ्याईंले गर्दा जनताले कहिले काहीं चुनावको बेला मतदान गर्दा बाटो बिराएको देखिन्छ। कांग्रेस नयाँ सोच,विचार,सक्रियता, योजना र नयाँ नेतृत्वको साथ कार्यकर्ता र जनता माझ आउँदैछ।अब कांग्रेस नयाँ ढङ्गले हिड्छ। विगतमा छिटपुट कमि कमजोरी भएका छन्। हामीले विगतका कमजोरी र अभ्यासबाट पाठ सिक्दै अघि बढ्नु पर्दछ।
हजुर बुबाले,बुबाले पढेनन्,केहि गरेनन् बुझेनन्, विगारे,अलपत्र पारे भनिरहने होइन हजुरबुबा,बुबा लाई गाली गलौज गरिरहने पनि होइन।अब छोरा नातीहरुले राम्रो गर्ने हो। पूर्खाले देश निर्माण गरे। जन्म दिए,हुर्काए,बढाए,पढाए,पाठ सिकाए।अब छोरा,नातीहरुले आफ्नो र भविष्यको सन्ततीको लागी राम्रो गर्दै राम्रो देश र सम्वृद्धिको आकार कोर्दै नेपाल बनाउने हो।
नेपाली कांग्रेस हिजो पनि राम्रै गर्न चाहेको थियो तर जब कांग्रेस सरकारमा गयो,तब चौतर्फी घेरावन्दी शुरु भयो। अब यस्तो हुनु हुँदैन। स्वर्गीय विपी कोइराला सदैव बौद्धिकहरुलाई कदर गर्नु हुन्थ्यो। सल्लाह लिनु हुन्थ्यो।उचित जिम्मेवारी दिनु हुन्थ्यो। देशको दीर्घकालीन योजना नीति बनाउन सामेल गराउनुहुन्थ्यो । कांग्रेसको भविष्यमा आउने नेतृत्वले यहि पथ लिनु पर्दछ।
हो जनमानसमा निराशा छ,शासनमा बेतिथि छ,भद्रगोल छ हामीले यी सबै बेतिथि चिर्न, भद्रगोल हटाउने,जनभरोषा जगाउने एउटै मात्र आजको आवश्यकता भनेको भ्रष्टाचार निर्मुल र सुशासन हो।
यहाँ एउटा सानो उदाहरण प्रस्तुत गर्न चाहन्छु। जहाजमा उड्न टिकट किन्नु जहाज किन्नु र जहाज बनाउनु समाजका अलग पक्ष हुन्। म बेला बखत जहाजको टिकट किन्न सक्ने भएँ। हाम्रा केहि व्यापारीहरु जहाज किन्न सक्ने भए तर स्वर्गीय विपी कोइरालाले चाहेको,सोचेको कुरा भनेको देशले जहाज बनाउने हो। हामी त्यता तर्फ कहिल्यै लम्किएनौं।
नेपालमा प्रजातन्त्र,प्रजातन्त्र मात्र भनियो। प्रजातन्त्र भनेको भोट हाल्ने,शाषन हातमा लिने व्यवस्था मात्र होइन।प्रजातन्त्र भित्र त व्यक्तिको दायित्व पनि allocate हुनु पर्दछ।यो दायित्व पनि Right Man in right Place हुनु पर्दछ।
आविष्कार बिना उद्योग सम्भव छैन। उद्योग बिना उत्पादन सम्भव छैन। उत्पादन बिना आन्तरिक उपभोग र निर्यात सम्भव छैन। निर्यात बिना व्यापार घाटा न्युनिकरण सम्भव छैन।उद्योग त केबल Innovation बाट मात्र सम्भव छ। Innovation त केवल बौद्धिक पढेलेखेकाबाट मात्र सम्भव छ। तसर्थ नेपाल अब उत्पादन बढाउने वा भनौं Industrial Revolution गर्ने पथमा लम्कन् पर्दछ।
उद्योग भनेको कृषि उद्योग,पर्यटन उद्योग, लत्ता कपडा उद्योग, व्यक्तिगत प्रयोगको सामान Commodities बनाउने उद्योग,आइटी उद्योग, जलश्रोत उद्योग, सिंचाई उद्योग,जल स्थल र हवाई मार्ग उद्योग, विद्युतीय मोटर उद्योग युगमा प्रवेश गर्नु पर्दछ।
उद्योग ठूलो मात्रै हुनु पर्दछ भन्ने छैन। यी कार्यहरु साना साना स्केलबाट सुरुवात गर्नु पर्दछ। यो सबै सुरुवातको लागी नेपाली कांग्रेस पार्टीको लागि शासकीय बहुमतको आवश्यकता छ। यसको लागि नेपाली जनताले २०८४ को निर्वाचनमा नेपाली कांग्रेस पार्टिलाई भोट दिएर बहुमत साथ सिंहदरबारको शासनमा पुऱ्याउन जरुरी छ।
मलाई लाग्दछ यदि नेपाली जनताले २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिएनन् भने नेपालको दीगो विकास र सम्वृद्धि धकेलिन्छ। आखिर दुःख पाउने जनता नै हुन्। यता तर्फ जनता सतर्क हुन जरुरी छ।