हेटौंडा \ हेटौंडामा रहेको जामे मस्जिद समिति माथी हातपात तथा अभद्र व्यवहार गरिएको छ । शुक्रबार नमाज पढ्ने क्रममा पश्चात समितिका अध्यक्ष जावेद हुसेनले आफ्ना भनाई र कब्रिस्तानका विषयमा जानकारी गराउँदा गराउँदै गर्दा केही अराजक तत्वहरुको समूहले हातपात तथा अभद्र व्यवहार गरेको पाइएको छ ।
शनिबार विहान पत्रकार सम्मेलन गर्दै अध्यक्ष हुसेनले आफु माथि आइलागे अनि कोषाध्यक्ष मुस्ताफा अन्सारीको मुखमा चोट लाग्ने गरी हातपात गरेको बताए ।
२०७८ पुस २४ गते भएको भेलाले आफुलाई अध्यक्षमा निर्वाचित गराउन सफल भएका सोही समूहले आज आएर छुट्टै उपभोक्ता समिति वा उपसमिति गठन गरी मुस्लिम समुदायमा दुस्प्रचार गर्दै गरेको असामाजिक तथा अनैतिक क्रियाकलापमा सक्रिय रहेको भन्दै प्रशासनमा उक्त समिति विधान विपरित तयार भएको भनी ध्यानाकर्षण गराएका थियौं सोही कारण हामी माथि आइलागेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
जामे मस्जिद मुस्लिम समुदायको एक धार्मिक स्थल रहेकाले समुदायमा खलल पुग्ने गरी पार्टीको आडमा आएका केही व्यक्तिहरुले अवैधानिक तरिकाले गठन गरेको समिति मुस्लिम समुदायको आधिकारिक समिति नभएको अध्यक्ष हुसेनले जानकारी गराएका छन् ।
प्रदेश सरकार, मुस्लिम आयोगबाट कब्रिस्तान संरक्षण र निर्माणका लागि करिब ४० देखी ४५ लाख बजेट आउने तयारीमा रहेकाले राजनितिक आडमा एमाले निकट केही व्यक्तिहरुले भाद्र २१ गते अब्दुल्ला देवानको नेतृत्वमा उपभोक्ता समिति र उपसमिति गठन गरेका छन् ।
शुक्रबार मोहम्मद समिम मियाँ, अब्दुल्ला देवान सहितका समूहले हातपात र अभद्र व्यवहार गरेपछि समितिले प्रहरीमा जाहेरी दिएका छन् । जामे मस्जिद परिसरमा भएको घटना सिसी फुटेजमा देखीएको र आवश्यक कारबाही हुनुपर्ने समितिको माग रहेको छ । सम्मेलनमा पुर्व अध्यक्ष हाजी हेयायतुल्लाह(रुद्र ढकाल)ले बजेट आउन लागेकाले आर्थिक चलखेल गर्न पाइन्छ र पार्टीको दम्भ र आडमा उनीहरुले यस्तो क्रियाकलाप गर्न खोजेको बताएका छन् ।
प्रेस विज्ञप्ती