हेटौंडा \ नेपालको चर्चित व्याण्ड कुमा सागर तथा द खोपाको हेटौंडामा सांगीतिक प्रस्तुती हुने भएको छ । आगामी पुस २६ गते शुक्रबार भुटनदेवी विद्यालय चौरमा कार्यक्रम हुने नेपाल साउण्ड वेभ्स् इभेन्टस्ले जनाइएको छ । नेपालको उत्कृष्ट व्याण्डको रुपमा प्रस्तुत भएको कुमा सागर एण्ड द खोपाका फुरफुर..., चमेली फूल..., हावाको लहर..., ओ चम्फा..., छहरी सरि... लगायत दर्जनौं गीतहरु चर्चित छन् ।
उक्त कार्यक्रमलाई एजुकेशनल पार्टनरको रुपमा हेटौंडा-६ मा रहेको फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सी रहेको छ । कन्सल्टेन्सीले आफ्नो फेसबुक पेजमा राखिएको प्रचार सामाग्री शेयर, कमेन्ट र लाइक गर्नेलाई पाँच सय पर्ने टिकट उपलब्ध गराउने कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर अलोक श्रेष्ठले बताए । कन्सल्टेन्सीको नियम अनुसार शेयर गरेका मध्येबाट उत्कृष्ट २० जनालाई उक्त कार्यक्रमको टिकट प्रदान गरिने जनाए ।
शिक्षामा मात्र नभई नेपाली कला संस्कृति क्षेत्रमा पनि आफ्नो उपस्थिती जनाएको उनले बताए । मैले खेल क्षेत्रमा पनि सहयोग गर्दै आइरहेको छु, शिक्षा, स्वास्थ्य र खेलकुदमा सहयोग प्रदान गर्दै आइरहेको छु, उनले बताए । कन्सल्टेन्सीले युके, क्यानडा, युएसए, अष्ट्रेलिया, जर्मन, डेनमार्क, फिनल्याण्ड लगायत अन्य मुलुकमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आइरहेको छ । हेटौैंडा सहित काठमाडौं, पोखरा, लण्डन, क्यानडामा आफ्नो कार्यालय सञ्जालबाट सेवा प्रदान गर्दै आइरहेको श्रेष्ठले बताए ।