हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत विहीबार मनोनयन दर्ता भएको छ । संघको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर अध्यक्षसहित विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । दावी विरोध, उजुरीहरुको समय सीमा पछि बनेको उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । जसमा संघको अध्यक्ष पदमा प्रमोदसिं रानाभाट र अनिल अग्रवालले उम्मेदवारी रहेको छ । महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाई) र तेजराज अधिकारी, सह-कोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेको उम्मेदवारी परेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले बताएका छन् ।
त्यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता हुँदा सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली रहेका छन् । सदस्यहरुमा भने राजेन्द्र लामिछाने(राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनाल (रोशन) को उम्मेदवारी परेको छ ।
उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्रप्रसाद घिमिरेको उम्मेदवारी दर्ता हुँदा सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारीको उम्मेदवारी दर्ता भएको छ । उद्योगको महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवालको उम्मेदवारी परेको अधिकृत ढकालले बताए ।
एशोसियटतर्फको उपाध्यक्षमा विष्णु खनाल र उज्वल चौलागाईको उम्मेदवारी पर्दा दुई सदस्यका लागि अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी छ । वस्तुगततर्फको उपाध्यक्षमा प्रदीप अर्याल र काव्यमणि अधिकारीको उम्मेदवारी परेको छ भने सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाको उम्मेदवारी छ । एक सदस्यका लागि भने कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेदवारी दर्ता भएको छ ।
७ जना निर्विरोध चयन
मकवानपुर उद्योग वाणिज्य संघको २ सचिव सहित ७ जना निर्विरोध चयन भएका छन् । उद्योगतर्फको सचिवमा रुपकराज दाहाल, एशोसियट सचिवमा माधव ज्ञवाली निर्विरोध चयन भएको अधिकृत ढकालले बताए । एशोसियट सदस्यतर्फ हेटौंडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली र बहुर्राष्ट्रियबाट विक्रमकुमार सञ्जेल सर्वसम्मत चयन भएका छन् । यस्तै वाणिज्यतर्फको महिला आरक्षण कोटामा निलम पाण्डे र निलम बजगाईं निर्विरोध चयन भएको निर्वाचन अधिकृत ढकालले बताए । उक्त पदमा मुना कुमारी पाठकले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पाण्डे र बजगाई निर्विरोध चयन भएका हुन् ।
मनहरी आरक्षणतर्फको सदस्य पदमा शंकरप्रसाद कालाखेती निर्विरोध भएका छन् । मनहरी आरक्षणतर्फ नारायण सुवेदीको उम्मेदवारी रद्द भएपछि कालाखेती निर्विरोध भएका हुन् । मनहरी आरक्षणमा वाणिज्य तर्फको हुनुपर्नेमा सुवेदीले उद्योगको फर्मबाट उम्मेदवारी दर्ता भएपछि रद्द भएको थियो । त्यस्तै,उद्योगतर्फका सदस्य पदका उम्मेदवार गंगाकुमारी श्रेष्ठको पनि उम्मेदवारी रद्द भएको थियो ।
उनको पनि संघको विधान (बाहौं संशोधन सहित) को दफा ११ को उपदफा (६) मा “कार्यसमितिको पदाधिकारी एवम् सदस्यहरुको निर्वाचन हुने मिति (महिना) भन्दा २ वर्ष अगाडि सदस्यता प्राप्त गरेको सदस्यहरुले मात्र निर्वाचनमा उम्मेद्वारी दिन मिल्ने व्यवस्था लागू भएको हुँदा उम्मेद्वारी रद्द गरिएको निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।