राक्सिराङ \ सिमान्तकृत चेपाङ जातिकाे बाहुल्यता रहेकाे मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणा गरेकाे छ । गाउँपालिकाकाे बिहीबार भएकाे गाउँसभाले अधिकांश चेपाङ समुदायकाे मात्र बसाेबास रहेकाे राक्सिराङ ७ नम्बर वडालाई चेपाङ सांस्कृतिक तथा पर्यटन वडा घाेषणा गरेकाे हाे ।
गाउँसभाकाे बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गरेकाेमा सर्वसम्मतले पारित भएकाे हाे ।
सिमान्कृत चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सास्कृतिक संरक्षण गर्ने तथा चेपाङको थातथलोको संरक्षण गरी पर्यापर्यटन प्रबर्द्धन र बिस्तार गर्ने उद्धेश्यका साथ चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणा गरिएकाे गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । विपन्न चेपाङ समुदायकाे जिविकाेपार्जन कार्यक्रमअन्तर्गत संरक्षित क्षेत्रमा एक टाेल एक उत्पादन कार्यक्रम ल्याइने अध्यक्ष मल्लले बताए । साथै संरक्षित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले छुट्टै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने पनि उनले बताए ।
राक्सिराङ ७ नम्बर वडामा धिराङ, दामराङ जस्ता विकट बस्तीहरु छन् । उक्त वडामा पुग्नका लागि चितवन जिल्लाकाे भण्डारा हुँदै जानुपर्ने बाध्यता छ । भर्खरै मात्र गाउँमा माेटरबाटाे पुगेता पनि अझै व्यवस्थित हुन सकेकाे छैन ।
विपन्न चेपाङ जातिकाे उत्थानका लागि विभिन्न तहका सरकारले कार्यक्रमहरु घाेषणा गरे पनि त्याे प्रभावकारी नभएकाले स्थानीय तह आफैँ जागरुक भएर विशेष क्षेत्र घाेषणा गरिएकाे अध्यक्ष मल्लकाे भनाइ छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएकाे अधिकारअनुसार नै आफूहरु अघि बढेकाे उनकाे भनाइ छ । संविधानको अनसुची (८) र अनुसुची (९) बमोजिमको सुचीमा भाषा संस्कृति र ललितकलाको संरक्षरण र विकास गर्ने कानुन स्थानीय तहले बनाउन सक्ने अधिकार दिएकाे छ भने स्थानीय सरकार सञ्चालन ऐनमा पनि गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका कुनै स्थानलाई संरक्षित क्षेत्र घोषणा गर्न सक्ने उल्लेख रहेकाे छ ।
यस्तै संविधानकाे मौलिक हक अन्तर्गत प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषाको प्रयोग सांस्कृतिक जीवनमा सहभागिता हुने एबम् भाषा लिपी सांस्कृक्तिक सभ्यता र सम्पदाको संरक्षण र समाधान गर्ने हक हुनेछ भनी उल्लेख गरेकाे छ ।
राक्सिराङकाे गाउँसभाकाे हिउँदे अधिवेशनबाट अर्धवार्षिक समीक्षा पारित गरिनुका साथै न्यायिक समितिकाे वार्षिक प्रतिवेदन पारित र मेलमिलापकर्ताहरुकाे नामावली अनुमाेदन गरिएकाे छ । बजेट तथा कार्यक्रम र विनियाेजन ऐनसमेत संशाेधन गरिएकाे छ ।
यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा माथि छलफल गर्ने प्रस्ताव पारित गरिनुका साथै गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरि पारित गरिएकाे छ ।