राक्सिराङ \ मकवानपुरको राक्सिराङ गाउँपालिकाको विहीबार भएको १७ औं हिउँदे अधिवेसनलाई सम्बोधन गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले मनहरी प्यान्चे हुँदै राक्सिराङमा हुँदै गरेको मोटर बाटोलाई निरन्तरता दिदाँ स्थानीयतहलाई दोष आउँछ, यसरी कार्यान्वयन हुन्छ र ?
संघीय सांसद महेश बर्तौलालाई इकिंत गर्दै स्थानीय तहले हामीलाई सिण्डिकेट लगायो भनेर भन्नुभयो । सिण्डिकेट कुन अर्थमा लगायो स्थानीय तहले ? जनताले दिएको म्यान्डेड हो, जनताले दिएको अधिकार हो, त्यो अधिकार संघीय माननीयले सुनिश्चित गरेको छ, प्रदेश माननीयले सुनिश्चत गरेको छ, स्थानीय सरकारलाई जनप्रतिनिधिले सुनिश्चित गरेको छ । यदी स्थानीय सरकार सञ्चालन गरिरहँदाखेरि स्थानीय सरकारको एकल अधिकार भित्र चाहे संघीय सरकार किन नहोस् चाहे प्रदेश सरकार किन नहोस् त्यो हस्तक्षे.प गर्छ भने हामी प्रतिवाद गर्छौ । त्यो कुरा स्पष्ट संविधानले दिएको अधिकार हो, मोक्तानले भने ।
उनले संवैधानिक कुरालाई कसैले पनि नकार्न सकिदैन, हिजो स्थानीय सरकारलाई वित्तीय हस्तान्तरण गर्न आको बजेट समपूरकको बजेटलाई संघीय माननीयले मैले हालेको छु भनेर प्रचारबाजी गर्न ठिक हो? भनी प्रश्न उठाएका थिए । निरन्तर आउने बजेट स्थानीय तहमा आउने बजेट हो, संघीय सरकारले पठाउने ससर्तका योजनाहरु चाहीँ जथाभावी रुपमा पठाउने अनि वित्तीय हस्तान्तरणमा पठाउने कुरालाई चाहीँ मैले पठाएको हो भनेर सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिसकेपछि त्यसको प्रतिवाद हामी स्थानीय सरकरले गर्ने मोक्तानले बताए ।
उनले संघीय माननीयले वडा अध्यक्षको अधिकार हनन गर्नका लागि अघि बढेकाले हामी त्यसतर्फ प्रतिवाद गर्न तयार रहेको बताए । तीनतहका सरकारका साझा अधिकारमा हामी बहस गर्ने हो। तर एकल अधिकारलाई मिच्ने अधिकार कुनैपनि माननीयलाई नभएको बताए । स्थानीय सरकारमा रहेका कर्मचारीको विषयमा अध्यक्ष मोक्तान चासो व्यक्त गरेका छन् । आवश्यक ऐन निर्माण गरेर भविष्यमा ती कर्मचारीलाई सहजता होस भन्ने चाहाना आफ्नो रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले सांसदहरुलाई नाकाबन्दी लगाएको आरोप लगाएका थिए । आफ्नो भनाई राखेर कार्यक्रम स्थल छाडेका बर्तौलाले मेरो क्षेत्रमा ८ गाउँपालिका पर्छन् राक्सिराङ मात्रै हो जसले हरेक कार्यक्रमहरुमा बोलाउने गर्दछन् अरुले नगरेको बताए । उनले स्थानीय तहका अध्यक्ष उपाध्यक्षले विकास माग्ने होइन् संघीय कानून माग्ने हो हामीसँग । हामीसँग त जनताले विकासका योजनाहरु माग्ने हो भन्दै हामीबीच समन्वय गरेर जानुपर्ने बताएका थिए ।