मनहरी \ मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुदाँ कार चालकको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । शनिबार दिउसो १ बजेको समयमा स्कार्पियो र कार ठक्कर खादा कार चालक हेटौँडा ४ स्कुलरोड बस्ने ६० वर्षका सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
त्यस्तै, गम्भिर घाइते भएकी कारमा सवार चितवन राप्ति नगर २ गड्यौली निवासी सुनिता श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा वीरगञ्जबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । घाईते हुनेहरुमा कारमा सवार चितवन राप्ति नगरपालिका २ गड्यौली बस्ने ५५ वर्षका ओम कुमार श्रेष्ठ, २१ वर्ष की सुमिना श्रेष्ठ रहेको अर्यालले बताउनुभयो ।
यस्तै स्कारपियोमा सवार जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका २ छपकैया बस्ने २६ वर्षकी पुजा देवी साह, निजको छोरी ८ वर्षकी प्रियान्सी साह रहेकाछन भने अन्य घाईतेहरुमा सोही स्थान बस्ने २३ वर्षकी सुरदी देवी, २१ वर्षकी निशा कुमारी साह, १५ वर्षका ओम शंकर साह, १९ वर्षका राजिव कुमार साह, १९ वर्षकी आरती कुमारी साह, ४ वर्षीया दिव्या कुमारी साह, १६ वर्षका सरोज शर्मा, १९वर्षकी रोशनी शर्मा रहेका छन् ।
उनीहरुको हात खुट्टा लगाएत शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको अर्यालले बताउनु भयो । स्कारपियो चालक को हो भनि नखुलेको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते सबैको अवस्था गम्भीर रहेको र उपचारको लागि एलाईभ अस्पताल भरतपुरमा रिफर गरिएको अर्यालले बताउनुभयो ।