हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनबाट अध्यक्ष पदमा प्रमोद सिं रानाभाट निर्वाचित भएका छन् । २४९ मत अन्तरले अनिल अग्रवाललाई पछि पार्दै रानाभाट निर्वाचित भएका हुन् । रानाभाटले १०१४ मत प्राप्त गर्दा अग्रवालले ७६५ मत प्राप्त गरेका थिए । संघमा वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल र उद्योग उपाध्यक्ष रहेका रानाभाट अध्यक्ष पदमा प्यानल सहित चुनावी मैदानमा होमिएका थिए ।
निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालका अनुसार उम्मेदवारहरुले प्राप्त गरेका मतअंक यस्तो छ ।
अध्यक्ष
प्रमोदसिं रानाभाट १०१४ (विजयी)
अनिल अग्रवाल ७६५
महासचिव
विकेशलाल श्रेष्ठ ७१३
प्रतिमा श्रेष्ठ १०१२ विजयी
कोषाध्यक्ष
श्रीकृष्ण कर्माचार्य (भाई) ८०१
तेजराज अधिकारी ९१७ (विजयी)
सहकोषाध्यक्ष
निलम वैद्य ९१६ विजयी
राधिका सामरी पाण्डे ७८१
वाणिज्यतर्फ
उपाध्यक्ष
राजु अधिकारी ५९९ (विजयी)
रामप्रसाद न्यौपाने ४८४
सचिव
कुलप्रसाद चौलागाई ६८४ (विजयी)
दिवस पराजुली ४११
सदस्यहरु (संख्या ४)
राजेन्द्र लामिछाने (राजेश) ५५० (विजयी)
रविन ढकाल ३३४
सन्तोष घिमिरे ६१६ (विजयी)
विष्णुप्रसाद दाहाल ५६० (विजयी)
बालकृष्ण बजगाई ६४६ (विजयी)
राजदेव बनियाँ ५०९
यज्ञबहादुर राय ३११
होमनाथ खनाल (रोशन) ३९४
उद्योगतर्फ
उपाध्यक्ष
दीपक उप्रेती २७२ (विजयी)
रवीन्द्रप्रसाद घिमिरे २४०
सदस्य (संख्या३)
कृष्णगोपाल महर्जन २८८ (विजयी)
कृष्णराज कोइराला २५३
जगदिश दाहाल २७३ (विजयी)
दीपक शिवाकोटी २४७
भुपेन्द्रप्रसाद अधिकारी ३०७ (विजयी)
महिला आरक्षणतर्फ
मेनका श्रेष्ठ २२५
सीतादेवी भेटवाल २९५ (विजयी)
एशोसियटतर्फ
उपाध्यक्ष
विष्णु खनाल ३३
उज्वल चौलागाई ४८ (विजयी)
सदस्य (संख्या २)
अंकिता सुमार्गी ५४ (विजयी)
नवराज खतिवडा ६४ (विजयी)
पुजन विडारी ३८
वस्तुगततर्फ
उपाध्यक्ष
प्रदीप अर्याल ११
काव्यमणि अधिकारी १५ (विजयी)
सचिव
राजाराम कार्की १३ (बराबर अंक)
नेत्रप्रसाद खतिवडा १३ (बराबर अंक)
सदस्य (संख्या १)
कृष्णप्रसाद अर्याल ११
गोविन्द चौलागाई ३
राजु नेपाल —
शम्भु पुडासैनी १२ (विजयी)
निर्वाचित भए पश्चात आइतबार विहान मत र मन दिनुहुने प्रति आभार व्यक्त गर्दै सम्पूर्ण उद्योगी र व्यवसायीहरुका समस्यामा सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले घोषणापत्रमा उल्लेख बुदाँहरुलाई अक्षरक्ष पालना गर्ने समेत बताएका छन्।