हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष पदमा प्रमोद सिं रानाभाट सहित कार्यसमितिले सपथ ग्रहण गरेका छन् । सोमबार निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाएका थिए ।
संघको आगामी कार्यकालका लागि रानाभाटको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा दीपक उप्रेती, उज्वल चौलागाई, राजु अधिकारी र काव्यमणि अधिकारी निर्वाचित भएका छन् । महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सह कोषाध्यक्षमा निलम वैद्य, सचिवहरुमा रुपकराज दहाल(उद्योग), माधव ज्ञवाली(एशोसियट), कुलप्रसाद चौलागाई(वाणज्यि), राजाराम कार्की/नेत्रप्रसाद खतिवडा(वस्तुगत) निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा भने जगदिश दाहाल, कृष्णगोपाल महर्जन, भुपेन्द्र प्रसाद अधिकारी, शम्भु पुडासैनी, सन्तोष घिमिरे, राजेन्द्र लामिछाने, सीतादेवी भेटवाल, निलम बजगाई, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, शंकरप्रसाद कालाखेती, सुकृतराज पराजुली, विक्रमकुमार सञ्जेल, निलम पाण्डे, अंकिता सुमार्गी, नवराज खतिवडा निर्वाचित भएका थिए ।
सपथ ग्रहण कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले नवनिर्वाचित अध्यक्ष प्रमोद सिं रानाभाटलाई टिका माला लगाएर पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, संघका पूर्वअध्यक्षहरु अरुणराज सुमार्गी, जीवन काजी मकाजु, केशव श्रेष्ठ, हिटलर विषेत, माधव रिसाल, उत्तम शर्मा ढकाल, अध्यक्ष पदका प्रत्यासी अनिल अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।