हेटौँडा \ थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा हेटौँडामा पनि माघी महोत्सव मनाइएको छ । थारु कल्याणकारिणी समाज मकवानपुरको आयोजनामा भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा महोत्सव आयोजना गरेको हो । समाजका सभापति चौधरीको अध्यक्षता तथा हेटौंडा उपमहानगरका नगरप्रमु्ख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा महोत्सव गरिएको थियो ।
कार्यक्रममा हेटौंडाका वडा ४ का वडाध्यक्ष नवीन सिग्देल, १० का वडाध्यक्ष फुर्वादोर्जे लामा, ११ का वडाध्यक्ष जुना दाहाल, १५ नम्बरका वडाध्यक्ष सुनील मोक्तान, समाजका केन्द्रीय सदस्य जानकी चौधरी, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
महोत्सवको उद्घाटनअघि हेटौँडा बजारको सीमाचोक, बुद्धचोक र कान्तिलोकपथ हुँदै भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदान सम्म र्याली प्रदर्शनी गरिएको थियो । र्यालीमा थारु पुरुष तथा महिलाहरु मौलिक पोशाकमा सजिएका थिए ।
माघी महोत्सव आयोजनाबाट थारु समुदायको संस्कृति, रितिरिवाज, परम्परा, भेषभुषा जगेर्नामा सहयोग पुग्ने विश्वास रहेको छ । महोत्सवमा थारु समुदायको मौलिक नृत्य, गायन कला प्रस्तुतीका साथै मौलिक परिकारका स्टलहरु समेत राखिएको थियो । महोत्सवकै अवसरमा विभिन्न् व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।