हेटौँडा \ हेटौँडा–२, काँग्रेसचोक स्थित ज्ञानदोय बालबाटिका एकेडेमी बोर्डिङ स्कुलको वार्षिक साता व्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । सोमबारबाट हेटौंडा–४, स्थित हुप्रचौरमा कार्यक्रम सुरु भएको हो । बिद्यालयका क्याप्टेन स्वर्णीम रञ्जितकारको सभाध्यक्षमा तथा प्रिन्सिपल बिन्दु गोर्खालीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको हो । शुक्रबारसम्म चल्ने प्रतियोगितामा कक्षा–६ देखि कक्षा–९ सम्मका विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन एथ्लेटिक्स तर्फको १ सय मिटर र २ सय मिटर दौडको खेलहरु सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रितेश कलावरले जानकारी दिए ।
उनको अनुसार भोलि मंगलबारसम्म फुटबल, क्रिकेट लगाएतका खेलहरु सञ्चालन हुनेछन् भने बुधबार, बिहिबार र शुक्रबार इन्डोरका खेलहरु सञ्चालन हुनेछन् । वार्षिक खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट, फुटबल, भलिबल, व्याड्मिन्टन, बास्केटबल, टेबल टेनिस, स्क्रायबल, हाजिरीजवाफ, बिस्तारै दौड लगायतका प्रतियोगिताहरु सञ्चालन हुनेछन । बोर्डिङले वार्षिक रुपमा खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको छ । प्रतियोगिता करिब २ सय जना विद्यार्थीको सहभागिता रहने संयोजक कलवारले बताए । विद्यार्थीलाई खेलकुदको महत्वबारे बुझाउन, रुचि क्षमताको अभिवृद्ध गर्न र एक अर्काबीच भातृत्व कायम गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ ।
प्रतियोगितामा प्रत्येक खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदक सहित प्रमाणपत्र प्रदान गरिने छ । वार्षिक खेलकुद कार्यक्रममा पहिलो दिन एथ्लेटिक्स तर्फको १०० र २०० मिटर दौड सम्पन्न हेटौंडाः हेटौंडा–२,स्थित ज्ञानदोय बालबाटिका बोर्डिङले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा एथ्लेटिक्स तर्फको १ सय मिटर दौड र २ सय मिटर दौडको खेल सम्पन्न भएको छ । हेटौंडा–४,स्थित हुप्रचौरमा भएको वार्षिक खेलकुद सप्ताह कार्यक्रमको उद्घाटनको दिन एथ्लेटिक्स तर्फकौ दौडमा २ विधाको खेलहरु सम्पन्न भएको हो । सोमबार भएको एथ्लेटिक्स तर्फको खेलमा कक्षा–५ देखि कक्षा–९ सम्मका छात्र÷छात्रा विद्यार्थीको सहभागिता रहेको थियो । १ सय मिटर दौडमा कक्षा–५ देखि ९ सम्मका छात्र/छात्रा विद्यार्थीको सहभागिता रहेको थियो भने २ सय मिटर दौडमा कक्षा–६ देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
१ सय मिटर दौडमा कक्षा–५ बाट छात्रतर्फ सुरज शाह प्रथम, आरज्ञ चौलागाईं द्वितीय र विशेष स्याङ्तान तृतीय भएका छन् । कक्षा–६ बाट आयुष विश्वकर्मा प्रथम, मोहित अधिकारी द्वितीय र ओसकार सेञ्चुरी तृतीय भएका छन् । कक्षा–७ बाट आसिफ सिद्धकी प्रथम, सरोज रुम्बा द्वितीय र समीर राजथला तृतीय भएका छन् । कक्षा–८ बाट पंकज चौधरी प्रथम, आर्यान लामा द्धितीय र नयन मान्नधर तृतीय भएका छन् भने कक्षा–९ बाट मधु आले मगर प्रथम, रिजन मान्नधर द्वितीय र गणेश बिरु तृतीय भएका छन् । छात्रा तर्फ १ सय मिटर दौडमै कक्षा–५ की रसिमका दहाल प्रथम, परी सिवाकोटी द्वितीय र आश्रीता बर्तौला तृतीय भएकी छिन् । कक्षा–६ की एलना राजथला प्रथम, आयुश्री कंशकार द्धितीय र साइना खातुन तृतीय भएकी छिन् । कक्षा–७ की रुथ लामा प्रथम, टिना लामा द्वितीय र सुप्रिया श्रेष्ठ तृतीय भएकी छिन् । कक्षा–८ की कृषा बानियाँ प्रथम, संस्कृति गिरी द्वितीय र प्रविसा अधिकारी तृतीय भएकी छिन् ।
कक्षा–९ की निस्मा गौतम प्रथम, परिधी वैद्य द्वितीय र निशिका जोशी तृतीय भएकी छिन् । २ सय मिटर दौडमा छात्रतर्फ कक्षा–६ आयुष विक प्रथम, मोहित अधिकारी द्वितीय र रोयन लामा तृतीय भएका छन् । कक्षा–७ का असिफ सिद्धकी प्रथम, आदित्य न्यौपाने द्धितीय र रासिक मोहमद तृतीय भएका छन् । कक्षा–८ बाट पंकज चौधरी प्रथम, सुवास घलान द्वितीय र अर्यान लामा तृतीय भएका छन् । कक्षा–९ का मधु आले मगर प्रथम, गणेश गिरी द्धितीय र रिजन मान्नधर तृतीय भएका छन् । कक्षा–८ बाट छात्रातर्फ कृषा बानियाँ प्रथम, प्रविसा अधिकारी द्धितीय र संस्कृति गिरी भएकी छिन् । कक्षा–९ बाट निश्मा गौतम, निशिका जोशी द्धितीय र परिधी वैद्य तृतीय भएकी छिन् ।