हेटौंडा \ मकवानपुरगढी जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा सुनीलप्रसाद सुवेदी पदस्थापित भएका छन् । विहीबार साँझ एक समारोहका बीच वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनीले अध्यक्ष लगाउँदै र सपथ ग्रहण गराउँदै सुवेदीलाई पदस्थापित गराइएको हो ।
सपथ ग्रहण पश्चात अध्यक्ष सुवेदीले निर्वाचित र मनोनित समितिलाई प्रमाणपत्र प्रदान गरेका थिए । समितिको कार्यकारिणी उपाध्यक्षहरुमा इरोज न्यौपाने र रोहित पुडासैनी, उपाध्यक्षहरुमा आदर्श पोखरेल, सन्तोष न्यौपाने, ताराप्रसाद देवकोटा र अनिष पोखरेल रहेका छन् । यी पदका ६ जना साधारण सभा तथा अधिवेसनबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
अन्य पदमा भने अध्यक्ष सुवेदीले ममोनित गरेका हुन् । जसमा महासचिवमा रोशन सापकोटा, कानुनी सल्लाहकारमा सुनील पाख्रीन, कोषाध्यक्षमा सुवास अधिकारी, सचिवमा उत्तम अधिकारी, शाखा सम्पादकमा सुजन सापकोटा, जनसम्र्पक अधिकारीमा मनोज देवकोटा, तालिम आयुक्तमा प्रवेश सापकोटा, जनसंख्या वृद्धिमा सुझाव पुडासैनी, स्पोर्ट कोर्डिनेटरमा भरतमोहन सापकोटा रहेका छन् । सुवेदीले विभिन्न अन्य पदका सल्लाहकारहरु पनि मनोनित गरेका छन् । ३२ जना सदस्य रहेको मकवानपुरगढी जेसीजको आफ्नो मातृशाखा पालुङ जेसीज रहेको छ ।

वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनीको अध्यक्षता तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले आफ्नो हजुरबुबा स्व.बुद्धिप्रसाद पुडासैनी स्मृती कोषबाट मकवानपुरगढी निवासी जिल्ला सक्रिय पत्रकारिता गर्दै आइरहेका नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सदस्य तथा मकवानपुरगढी पत्रकार समाजका सचिव एंव सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुनलाई नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा हालै सम्पन्न मकवानपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित समितिलाई स्वागत सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन, महासचिव विकेशलाल श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, मउवा संघका अध्यक्ष प्रमोदसिं रानाभाट, मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरे, ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, म्यान मकवानपुर अध्यक्ष नवराज चौलागाई विभिन्न शाखाका जेसीज अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।