हेटौडा / एक लाख राशीकोे बिजुलीमाया वःन श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार यो बर्ष बरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले मंगलबार हेटौडामा भब्य कार्यक्रमको आयोजना गर्दै नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै शाहलाई नगद एक लाख रुपैयाँ राशी सहित १६ औं संस्करणको पुरस्कार प्रदान गरिएको हो । शाहलाई पुरस्कार समर्पण तथा साङ्गीतिक समारोहका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले पुरस्कार समर्पण गर्नुभएको हो ।
समारोहमा बोल्दै गीतकार शाहले आफूले कहिल्यै पनि गीतकारका रुपमा चिनिनका लागि गीत नलेखेको बताउनुभयो । कवि हृदयले गीत लेख्ने सन्दर्भमा शाहले भन्नुभयो जब कविले केही लेख्छ त्यो कविता हुन्छ तर जब कविताले कविता लेख्छ, त्यो गीत बन्छ । प्रमुख अतिथि नगेन्द्र थापाले नीर शाहका गीत हल्का शब्दहरू बुनेर दुईदिनमा नलेखिएको बताउनुभयो । मानवीय संवेदनाको गहिराईमा पुगेर लेखिने भएकाले नै थोरै गीत लेखेर पनि शाहका गीतहरू स्रोताको रोजाइमा परेको उहाँको भनाइ थियो । कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले नीर शाहको व्यक्तित्वका बारेमा चर्चा गर्नभएको थियो ।
शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत योगदान पु¥याइरहनुभएको छ । नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा प्रवासबाट समेत महत्त्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको थियोे ।
यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की दावा ग्याल्मो, दीपक जङ्गम,किरण प्रधान, राजेन्द्र थापा सम्मानित भैसक्नुभएको छ । चलचित्र निर्माण, निर्देशन एवम अभिनयमा समर्पित शाहले वि.सं. २०३२ सालदेखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा लाग्दै आउनु भएको छ । शाहद्धारा लिखित पर्खी बसे आउला भन्नी, बादल बनाइदेऊ, गहिराइमा डुब्दै नडुब लगायतका कालजयी गीतहरु चर्चीत अनि लोकप्रियछन् ।