मकवानपुर जिल्लाको सदरमुकाम रहेको हेटौंडा देशकै सम्मवत बीचभागमा अवस्थित जिल्ला हो । मकवानपुर जिल्ला विभिन्न दृष्टिकोणबाट बहुचर्चित रहेको छ । यो भौगोलिक दृष्टिकोण हावापानी,सबैजसो विषयवस्तुले फरक पर्ने देखिन्छ । जिल्लाकै होचो भुभाग साविक छतिवन हाल बकैया गाउँपालिका पर्छ भने जिल्लाकै उच्च भुभागमा रहेको साविक दामान पालुङ गाविस हाल थाहा नगर क्षेत्रमा पर्ने सिमभञ्ज्याङको लेक रहेको छ । होचो भुभाग छतिवनको गर्मी र सिमभञ्ज्याङको चिसो हेर्दा वातावरणीय तवरबाट फरक छ ।
यसरी हेर्दा मकवानपुर आफैमा भौतिक विविधता भएको जिल्लाको सुचीमा पर्दछ । त्यसैगरी विकास र पुर्वाधारको हिसाबले पनि मकवानपुरको केन्द्र हेटौंडा शहर प्रख्यात छ भन्दा अतिशयोत्ती नहोला । यहाँको वातावरणीय सुन्दरता र सफा हराभरा स्वच्छ र व्यवस्थित सुन्दर सानो शहरको रुपमा छुट्टै पहिचान बनाएको छ हेटौंडाले ।
विकास र पूर्वाधारको अवस्थालाई हेर्ने हो भने नगरपालिका भएर जाने पुरानो महेन्द्र राजमार्ग (पुर्वपश्चिम राजमार्ग मेचीदेखी महाकाली सम्म जाने हाइवे) राष्ट्रिय गौरवमा आधारित मदन भण्डारी (धरानचतरा हाइवे) हेटौंडाबाट छोटोदुरी सँगै राजधानी जोड्ने (काठमाडौं) ललितपुरको सातदोबाटो जोड्ने कान्तिलोक मार्ग पुरानो इतिहास बाकेको त्रिभुवन लोकमार्ग जसलाई त्रिभुवन राजपथ भनिन्छ । अर्को हेटौंडा कुलेखानी हुदैं काठमाडौं बल्खु जोड्ने सडक र बहुचर्चित तराईलाई काठमाडौं जोड्ने द्रुतमार्ग फास्टट्रयाक निर्माणधिन रहेको छ । यस सडक तराईको निजगढ नगरपालिका स्थित वनक्षेत्रबाट पुर्व पश्चिम हाइवे सँग हातोमालो गर्दै मकवानपुरको छतिवन हुदैं ललितपुरको खोकना क्षेत्रमा निस्कने निर्माणधिन तराई द्रुतमार्ग पनि मकवानपुरमा पर्दछ । यी सबै विकास पूर्वाधार र तराईको जस्तै गर्मी पनि होइन.....।
पहाडको जस्तो जाडो पनि नभएको समतीशोष्ण हावापानी भएको र पुर्वपश्चिम फैलिएको जुन प्रदेश जिब्रो आकारमा फैलिएको सम्म भुभाग रहेकोले यहाँको जनजिवन बसोबासको दृष्टिकोणले अब्बल मानिन्छ । त्यतिमात्र होइन उद्योग धन्दाको दृष्टिकोणले पनि हेटौंडा औद्योगिक हवको रुपमा विकास भइरहेको परिप्रेक्षमा हेटौंडाको भविष्य उज्जवल छ । यो देखेर तराईका बारा पर्सा रौतहट सर्लाही र पहाडका क्षेत्र सिन्धुपाल्चोक काभ्रे, दोलखा र रामेछाप लगायतका जिल्लाहरुबाट बसाईसराई गरेर हेटौंडा आउने क्रम बढ्दो छ ।
हाल आएर बागमती प्रदेश अन्तरगत पर्ने १३ जिल्लाको राजधानी हेटौंडा भएकाले गर्दा पनि काठमाडौं ललितपुरका बासीन्दाहरु हेटौंडा आउनेक्रम जारी रहेको छ । जसका कारण हेटौंडाको बसोबास र जनसंख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा यहाँको जनसंख्या सँगै सवारी साधानको चाप बढ्दो छ । हेटौंडाको मुख्य सडक र सानाभित्री सडकहरुमा सवारी साधन विशेषगरी सानासवारी साधन अटो मयुरी मोटर साइकल र अन्य सवारी साधन र मानिसहरुको भिडभाडले गर्दा बाटो काट्न पनि गाह्रो भइरहेको अवस्था छ । दिनदहाडै ठुला साना दुर्घटनाद्धारा सयौं संख्यामा घाइते र मृत्युको मुखमा पुग्ने गरेको छ । यी सबैको कारक तत्व भनेको सडक साघुँरो र अव्यवस्थित रहनु प्रमुख हो ।
हेटौंडाको कर्राचोकबाट दक्षिण पशुपतिनगरको केही भाग उत्तरपट्टि बजारक्षेत्र रहेको सिमाचोक रानीदरबार चोक, बुद्धचोक र पुरानो पिपलबोट चोक, वाणिज्य चोकहरु व्यस्त सडक भित्र पर्दछन् । राप्तीरोड, स्कुलरोड अतिनै व्यस्त रहने सडकक्षेत्रहरु हुन् । यी माथी उल्लेखित सडक चोकहरु व्यस्त रहनुमा मुख्य कारण हेटौंडा वीरगन्ज सडकखण्डमा पर्ने रातोमाटे , पशुपतिनगर, कर्राचोक सिमाचोक, चौकिटोलसम्म बजार क्षेत्र अत्तिनै साघुँरो हुनु हो ।
एशियन हाइवेमा परेको यो सडक अहिले सम्म २५ मिटर कायम हुन सकेको छैन् । एशियन हाइवेमा पर्ने वीरगन्जबाट सिमरा पतलैयापनि सडक फराकिलो भइसकेको छ । चितवन अन्तगत राप्ती नगरपालिका र रत्ननगरपालिका क्षेत्र सबैमा २५ मिटर भइसक्दा पनि मकवानपुर हेटौंडामा यो किन हुन सकेन ? यो प्रश्न जनमानसमा प्रश्न उठ्न थालिसकेको छ ।
जग्गा प्राप्ति ऐन२०३४ एशियन हाइवेको बीचबाट दायाँबायाँ २५ मिटर हुनुपर्छ तर मकवानपुर हेटौंडाको हकमा यस्तो हुन सकेन । यहाँको ठुलाठालु नेताहरुको पहुँचमा यो सडकको विकल्पमा राप्ती नदी किनारको बैकल्पिक सडक बनाउने भन्दै टार्ने काम भयो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमामा उद्योग वाणिज्य संघको हलमा यही २५ मिटर कायम गर्ने कि नगर्ने उद्देश्यले एक अन्तरक्रिया भएको थियो । दोस्रो औद्योगिक क्षेत्र कडिडोर र २५ मिटरको सवाल विषयक अन्तरक्रियामा त्यतिखेर राजनितिक दलका संविधान सभा सदस्यका उम्मेदवार र अन्य केही प्रभावशाली नेताहरु उपस्थिती थिए ।
त्यस कार्यक्रममा बोल्ने वक्ताहरुमा एक म आफै पनि थिए । सबै उम्मेदवारले त्यस बखत बैकल्पिक बाटो बनाएर जानुपर्ने तर्क पेश गरिरहदाँ विडम्बना त्यतिखेर हेटौंडाको आउँदो ५० वर्षको भविष्यलाई हेर्ने हो । हाल भइरहेको सवारी चाप र दुर्घटनालाई दृष्टिगत गर्ने हो भने २५ मिटर कायम गर्नुपर्छ भन्नेहरुमा म एक जना मात्र थिए । किनकी त्यहाँ भएका एकाध नेताहरुको घर २५ मिटर भित्र क्षेत्रमा थियो । २५ मिटर मापदण्डभित्र पर्ने घरटहराहरु भत्काई मुआब्जा सहित भत्काउनुपर्छ । जनतालाई सुकुम्बासी बनाउन पाइदैन, त्यसमा नगरपालिका तथा सरोकारवालाहरुको ध्यान जानुपर्छ भन्ने भनाई मैले राखेको थिए ।
आज ९ वर्षपछि फेरी हेटौंडा उपमहानगर स्वंमले २५ मिटर मापदण्ड भित्र घरटहरा भत्काउनका लागि सुचना जारी गर्ने चर्चा छ । त्यसको लागि नेतृत्व गर्ने मेयरउपमेयर धन्यवादका पात्र हुनुभएको छ । लामो समयदेखी विवादास्पद रहेको २५ मिटरको सवाल हाल आएर समाधान हुन्न भन्ने आशा रहेको छ ।
भनिन्छ नि विकास गर्दा एदाकदा विनाश पनि हुन्छ समय पश्चात, निर्माण अझ हराभरा सुन्दर र आधुनिक शहरको स्थापना हुन्छ । अब उपमहानगरले गौरवमय योजना बनाउदा ५० वर्ष पछिको सुन्दर शान्त र गौरवमय हेटौंडाको रुपरेखा कस्तो रहने भनेर दुदर्शी तवरले योजना तर्जुमा गर्न श्रेयस्कर हुन्छ ।