बेलायत / बेलायतबाट स्वतन्त्र कलम चलाउँदै आएका विश्लेषक आर के त्रिपाठी लेख्छन् डा.शेखर कोइरालालाई पोखरा प्रशिक्षण भेलामा निम्तो नदिए पनि राष्ट्र,अन्तर्राष्ट्रका कार्यकर्ता,नेता जनता साथमा छन्। हत्केलाले प्रकाश छेक्न सकिँदैन।डा. कोइरालालाई कसैले रोक्न सक्दैन। छेक्न सक्दैन। कोइराला व्यक्ति मात्र होइनन् ,प्रजातन्त्र सुशासन र भ्रष्टाचार निवारण गर्न आवाज बोली रहने,पहरदारी गरिरहने,अन्याय अत्याचार विरुद्ध लडिरहने संस्था हो।लोभी पापीहरू समाप्त हुने वा बहिस्कृत हुने दिन आउँदै छ। यही गरिरहे वा नसुध्रिए विद्रोह सुरु हुन्छ। कोही कसैका दास छैनन्।
डा. शेखर कोइरालालाई कुनामा पार्ने प्रपञ्च गर्नेहरूको केही महिनामै कन्थ बिजोग पारिनेछ । हाम्रो सामूहिक विद्रोहले २०८४ मा कस कस लाई बढार्छ र ? भन्न सकिन्न। श्रीमानको हेपाई सहन नसकेर,अत्याचार सहन नसकेर श्रीमतीले वा श्रीमतीको हेपाई, अत्याचार सहन नसकेर श्रीमानले विद्रोह गरी सम्बन्ध विच्छेद गरिरहेको नजिर छ। हिजो अरूको हातमा पार्टी थियो,आज अनादर गर्नेहरूको हातमा पार्टी कब्जा छ।अब विद्रोहको दिन टाढा छैन। त्यसपछि पार्टी हाम्रो हातमा आउँछ।
हामीले सबैलाई आदर गर्दै, सम्मान गर्दै,एकजुट बनाउँदै पार्टी अगाडी बढाउनु पर्दछ। मेरो स्वर्गीय हजुरबुबा र मेरो बुबा,आमाले सानो उमेर देखि हरेक दिन मलाई भनिरहेको एउटा कुरा सम्झना आई रहेछ,त्यो के भने जब पार्टी भित्र नेताको लोकप्रियता बढ्दै जान्छ,असफल वा अलोकप्रिय नेताहरू वा बाँकीहरू मिलेर लोकप्रिय नेताको लोकप्रियता रोक्न,खस्काउन एउटा कुनामा एकजुट हुन्छन्। त्यो लामो समय तक्दैन।कालो कालै हुन्छ।सेतो सेतै हुन्छ।
डा शेखर कोइराला प्रति बढिरहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय लोकप्रियता प्रति आफ्नो पार्टी भित्रकै धेरैलाई डाहा छ।छटपटी छ। सत्यको बाटो प्राप्ति गर्ने पहिलो बाटो शान्त विद्रोह वा हिंसात्मक विद्रोहको पद मार्ग हो। ईतिहाँसले हामीलाई के सिकायो भने अत्याचार सहेर,हेपाइ प्रवृत्ति सहेर,टुलटुल हेरेर,अरू कसैलाई शासनमा पुऱ्याई दिन कुर्ने दिन छैन। यसले प्रजातन्त्र,लोकतन्त्रको हित पनि गर्दैन र शाषकिय सुधार पनि गर्दैन।अत्याचार विरुद्ध विद्रोह गरेर मात्रै धेरै असल पद्धति निर्माण भएका छन्।
अब डा. शेखर कोइरालाले समयमै महाधिवेशन गराउन विद्रोहको बाटो लिनु पर्दछ।स्वदेश तथा विदेशका लाखौँ लाख कार्यकर्ता डा शेखर कोइरालालाई साथ दिन तयार छन्।आजको तिन महिना भित्रै हाम्रो विद्रोहले परिणाम निकाल्ने ठोकुवा गर्न सकिन्छ । पुनः भन्दछु,कोही कसैको दास छैन।हेपाई, मिचाई,अत्याचार विरुद्ध अब विद्रोह सुरु हुन्छ। डा शेखर कोइरालालाई कर्नर पारेर साउती गर्दै छलछाम गर्नेहरू लाई परास्त गर्नु पर्ने बेला आयो।