बागमती \ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौडाले ८,५६७ औँ विश्वव्यापी वातावरण सरसफाई अभियान अन्तरगत मकवानपुरको बागमती गाउँपालिका झुरझरे क्षेत्रमा सरसफाई कार्यक्रम भएको छ । कार्यक्रममा बागमती गाउँपालिका प्रमुख सर्केश घलानको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, वडा प्रहरी कार्यालय बागमतीका प्रमुख असई छविलाल यादव, वडा ट्राफिक कार्यालय प्रमुख असई केदार पौडेल लगायत सम्पुर्ण शैक्षिक,सामाजिक, प्रशासनिक, राजनितिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष घलानले यस्तो आशा जगाउने अभियान गरि दिनु भइ हाम्रो गाउँपालिकालाई सफा र स्वच्छ वातावरण राख्न पहिलो पटक यस्तो अभियान गरिएको प्रति आयोजक संस्थालाई आभारका साथै धन्यवाद व्यक्त गरेका थिए । सरसफाई कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो ।
परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३७ लाख भन्दा बडि भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिडका कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २८ हजार पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै अएको छ । मुख्य त परमेश्वरको मण्डलीले पिता परमेश्वर र माता परमेश्वरलाइ विश्वास गरि ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरिरहेको छ ।
ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति ओबामा, ट्रम र वाइडेनबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (सर्वोत्कृष्ट सङ्गठन अवार्ड, ५३ वटा स्वर्ण अवार्डहरू), गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, पेरूभेली राष्टिय सभा पदक , ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ४७ सय वटा भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले नेपालमा पनि बिभिन्न क्षेत्रका संघ ,संस्था र व्यक्तित्वहरूबाट पनि प्रशंसा पत्र र कदर पत्रहरू प्राप्त गरेको छ । जुन हाम्रो मण्डलीको परिचयातमक भिडियोमै हेर्न सकिन्छ ।
जलवायु सङ्कटले प्रकृति र मानवताको सह अस्तित्वलाइ नै जोखिममा पारिरहेको यस्तो सङ्कटकालीन घडीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आफ्नो मण्डली रहेको विश्वका विभिन्न देश, क्षेत्र र ठाँउहरूमा व्यापक रूपमा कार्वन न्यूनीकरण गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
वातावरणलाइ हानिकारक पदार्थहरूबाट जोगाउन सबै किसिमका फोहोरहरू जम्मा गर्ने, वातावरण संरक्षणका लागि कार्वन न्यूनीकरण गतिविधिहरूमा सहभागी हुन मानिसहरूलाइ प्रोत्साहन दिने र त्यसबारे जनचेतना जागाउने आशाको च्यालेन्ज अभियानमार्फत यो पृथ्वीमा सफा वातावरण स्वच्छ जीवन जीउन सहयोग पुर्याउने छ भन्ने आशाका साथ सरसफाइमा सक्रिय सहभागिता जनाएका छन । यस्तो सुन्दर मन हाम्रो समाजमा व्यापक रूपमा फैलिएर एक स्वस्थ समाजको जग बसाल्न मद्दत पुग्ने छ साथै संसारको नुन र ज्योति बन भन्नु हुने परमेश्वरको शिक्षाअनुसार सम्पुर्ण मानव जातिलाइ एउटै परिवारको रूपमा अँगाल्नु हुने पिता परमेश्वर र माता परमेश्वरको प्रेम विश्वका ८ अरब मानिसहरू माझ प्रवाह भएर विश्व व्यापी गाउँमा आशाको पाइला अगाडि बढ्ने छ भन्ने आशाका साथ वातावरण सरसफाइ कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।