बेलायत / बेलायतबाट निरन्तर स्वतन्त्र बिचार पोख्दै आउनु भएका आर के त्रिपाठी लेख्छन् : जनताले लिने,दिने निर्णयमा कसैले झस्कनु पर्दैन। जनता बलवान छन् । २०४८ देखि आज सम्म करिब ३५वर्ष सम्म हामी प्रतिबद्धता व्यक्त गरे अनुसार कहाँ कहाँ चुक्यौँ,कहाँ कहाँ कमजोरी गन्यौ,यी तमाम विषयमा समीक्षा गरी नहिँड्ने हो भने अर्को आवधिक निर्वाचन सम्म हामी यथास्थितिमा चलिरहे हामी खस्कन सक्छौँ। जनताले हामीलाई किन भोट दिएनन् भनेर जनतालाई उल्टो गाली गलौच गर्नु भन्दा अब भविष्यमा कसरी जन विश्वास जित्न सकिन्छ भनी गहन विश्लेषण र उचित आचरण,व्यवहार गर्नुको विकल्प छैन।
नेता मै हुँ!आन्दोलन मै हुँ!सिंहदरबार सदैव मेरो पर्खाले मलाई दिएको हो!धनी पनि मै हुँ । विवेकी पनि मै हुँ!निर्णय लिने पनि मै हुँ!बलवान पनि म नै हुँ!इतिहास पनि मेरो मात्रै हो। भौतिक सुविधा सम्पन्न पनि मेरो मात्रै छ!मेरा अगाडी अरू सबै बिचरा हुन्!अरू सबै प्रजा हुन!अरू सबै दास हुन!यो भन्ने सोच राख्नेहरू भन्नेहरू महाभारतका दुर्योधन हुन्! पाण्डवले हस्तिनापुर आधा दिन पर्दैन,केबल पाँच गाउँ देऊ दुर्योधन भन्दा पाँच गाउँ त के? तिमी पाण्डवहरूलाई सियो जति जमिन पनि दिन सक्दिन भने दुर्योधनले।अन्त घमन्डी दुर्योधनको के हालत भयो ?महाभारत कथा पढ्दा छर्लङ्ग हुने नै छ।मेरा अगाडी अरू सबै बिचरा हुन्!अरू सबै प्रजा हुन!अरू सबै दास हुन!यो भन्ने सोच राख्नेहरू भन्नेहरू महाभारतका दुर्योधन हुन् ।
कृष्णले युद्ध टार्न भीष्म पितामह,द्रोणाचार्य कृपाचार्यको अगाडी धृत राष्ट्र र दुर्योधनलाई धेरै सम्झाइ बुझाई गरे तर अन्धो धृत राष्ट्र र ज्ञानमा अन्धो मूर्ख दुर्योधनले कृष्णको सल्लाह सुन्नै चाहेनन्। दुर्योधन ती थिए जसको आँखा उनको बुबा धृत राष्ट्र जस्तो अन्धो नभए पनि ज्ञानमा भने अन्धो थियो।दुर्योधनको त्यो अन्धो ज्ञानको अहङ्कारले महाभारतको युद्ध भयो।आखिर त्यो अहङ्कारी दुर्योधनहरू समय बित्दै जाँदा सकिए।अन्त दुर्योधन आफै समाप्त भए।यो मैले भनेको होइन।इतिहासको पानाले भनेको हो।एक पटक पुनः गीता उपदेश पढी उचित ज्ञान लिई संवृद्ध नेपाल बनाउन अघि बढ्नुको विकल्प छैन। सहिदको सपना बिर्सने,राणा पञ्चायत विरोधी कालरात्रिका दुःख विसर्ने,लोकतन्त्रको नाममा नाङ्गै हिँड्ने, ब्रम्हलुट मच्चाउने,पटक पटक चुनाव हार्ने तर चाकरी बाट पटक पटक फेरी मन्त्री हुने,दूर दराजको जनतामा सहयोगी हुन नजाने तर राजधानीमा नेता वरपर घुमिरहनेहरूले देश यो स्थानमा पुत्याएको कि हामी सोझा साझा इमानदार कार्यकर्ताहरूले ?
राजनीति भनेको जसरी पनि पद प्राप्ति गर्नु र सत्तामा पुग्नु मात्र होइन।नेपालका राजनीतिज्ञ नेताहरूले यो कुरा गहिरो सँग मनन गरुन्। पछिल्लो निर्वाचन पछि जनतामा देखिएको पुराना दल प्रतिको वितृष्णा र नयाँ दलको उदयलाई ध्यान दिनु पर्ने हुन्छ।उदाएका नयाँ दल असफल र भ्रष्ट हुने क्रम जारी रहे पनि अरू नयाँ दल उठाउने क्रम जारी हुने नै छ।जनतामा आशा भरोसा नदिँदा पुरानो इतिहास पुर्खाको इतिहास भन्नेहरूले पनि यसलाई रोक्न नसक्ने परिस्थिति निर्माण हुन सक्छ । पुराना दलहरूको कार्यशैली आजित भएर जनता केही परिवर्तन खोजिरहेका छन्।यो मागलाई बेलैमा बुझेर नयाँ पुस्तालाई अगाडी बढ्न नलगाउने हो भने राजनीति अवसान भएका विश्वमा धेरै उदाहरणहरू छन्। राजनीतिक दलका नयाँ पुस्ता र जनताको आवाजलाई सुनौँ र मनन गरौँ।नत्र धेरै ढिलो भइसक्ने छ। मलेसियामा महाथिरले २० वर्ष शासन गरी राम्रै गरे तर ९७ वर्षमा पनि लोभले नछोड्दा संसदीय चुनाव हारे।उनको पार्टी पनि नराम्ररी पराजय भयो। श्रीलङ्कामा राजा पक्ष परिवारले प्रजातन्त्रको नामबाट २० वर्ष शासन गरे तर राजा पक्ष परिवार पनि लखेटिए।
इजिप्टमा होस्नी मुबारकले ४० वर्ष शासन गरे तर मुबारक पनि लखेटिए। भर्खरै बंगलादेशको शेख हसिना देश छोडी भाग्नु परेको स्मरण ताजै छ । जिम्बाबेमा रोवर्ट मुगाबेले ५० वर्ष शासन गरे अन्त लखेटिए । लिवियामा कर्नेल गद्दाफीले ४० वर्ष शाषन गरे तर उनी पनि मारिए।लखेटिए । रसियामा भ्याल्दामीर पुटिनले 25 वर्ष देखि शासन गरिरहेछन् तर प्रत्येक दिन असफल भइरहेछन् र केही वर्षमा लखेटिने नै हुन्। बङ्गलादेशमा शेख हसिनाले २० वर्ष शासन चलाइन तर तर जनताले लखेटी दिँदा भागेर भारतका शरण लिनु पऱ्यो। सिरियामा बाबु र छोरा गरी असाद परिवारले ५१ वर्ष शासन गरे तर तर देश गृह युद्धमा जाँदा भागेर रसियामा शरण लिनु पऱ्यो। फिलिपिन्सका तानाशाह मार्कोस र नजिकैको पाकिस्तानको जियाउल हक शाषकको हविगत त विजोगै भयो ।अन्त जनताले नै फाँसी दिए।यस्ता उदाहरण अरू प्रशस्त दिन सकिन्छ।
प्रजातन्त्रको परिपाटीको नामबाट होस वा अन्य व्यवस्थाको नामबाट होस,देशको शासनमा लामो समय लिप्त हुँदा वा लोभ गर्दा,भ्रष्ट हुँदा, म मेरो मेरो परिवार र आसेपासे लाई मात्र शासन सत्ता चाहिन्छ भन्दै भ्रष्ट मात्र बनिरहँदा र जनताको पक्षमा डटेर काम नगर्दा अन्त नेताहरू असफल भई लखेटिने अवस्था सिर्जना हुन्छ। शासनमा धेरै लोभ गर्दा एक दिन लखेटिने कुरा अवश्यम्भावी छ।संसारका धेरै राजनेता,जसले शासनमा लामो शासन नगर्दा वा लोभ नगर्दा वा लिप्त नहुँदा पुजिएका उदाहरण धेरै छन्। नेल्सन मन्डेलाले जनप्रियताको उचाइमा पुगी एकपल्ट राष्ट्रपति भएपछि अर्को कार्यकाल चाहेनन्।यसले गर्दा उनको इज्जत विश्वव्यापी रूपमा झन् बढ्यो।यदि उनी सत्ता लिप्सामा लागेका भए यो सम्मान सधैँका लागि रहने थिएन।
यही उदाहरणमा भुटानका राजा जिग्मे सिङे वाङ चुकलाई पनि लिन सकिन्छ।निरङ्कुश राजतन्त्र भएको देशमा आफू आजीवन राजा हुने सम्भावना रहे पनि उनी ५४ वर्षको उमेरमा छोरालाई गद्दी सुम्पिएर साधनामा लागे। महात्मा गान्धीले चाहेका भए आफैँ राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्थे।नेपालमा पनि गणेशमान सिंहले राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि आफ्ना कठिनाइ सुनाउँदै कृष्णप्रसाद भट्टराईको नाउँ सिफारिस गरे। आज पश्चिमेली देशका धेरै नेताहरू आफ्ना दलले चुनाव हारे या आफैँले लिएको निर्णय जनताले नरुचाए सहज रूपमा सत्ता वा दलको नेताबाट अलग भएका प्रमाणहरू पाइन्छन् ।
राहुल गान्धीले आफ्नो दलले निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि दलको अध्यक्षबाट राजीनामा गरे तर उनी आज भारतीय काँग्रेस लाई जगाउन भारत यात्रामा लागेका छन् । ताइवानकी राष्ट्रपतिले आफ्ना उम्मेदवारले चुनाव हारेकाले कार्यकारी राष्ट्रपति जस्तो शक्तिशाली पदबाट राजीनामा दिने घोषणा गरिन् ।तसर्थ यो अवस्थामा इतिहासको यो यथार्थ पुनः सबैलाई सम्झाएँ। रामले किष्किन्धा जिते।सुग्रीवले रामलाई नै राजा बन्न आग्रह गरे।राम मानेनन्।मित्र सुग्रीवलाई नै राजा बनाए।रामले लंका जिते। विभीषणले रामलाई नै राजा बन्न आग्रह गरे। लक्ष्मणले त जोड नै गरे।तर राम मानेनन्। विभीषणलाई राजा बनाए।हिन्दुस्थानमा सन् १९४७ अगष्ट १५ पछि सबै नेताहरूले महात्मा गान्धीलाई सरकारको नेतृत्व गर्न आग्रह गरे। गान्धी मानेनन्।जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाए। टाढा टाढाको उदाहरण दिनु तिर लाग्दा आफ्नै देशका महान् व्यक्तित्व हाम्रा श्रद्धेय नेता गणेशमान सिंहले पनि राजा वीरेन्द्रले प्रधानमन्त्री पदको अफर गर्नु भएकोमा अस्वीकार गर्दै कृष्ण प्रसाद भट्टराईको नाम सिफारिस गरेको ऐतिहासिक तथ्य पुनर्ताजगी गराउन चाहन्छु।
म अरू पार्टीको धेरै कुरा लेख्न सक्दिन,केबल काँग्रेस पार्टीलाई मात्रै सतर्क गराउन सक्छु, ध्यानाकर्षण गराउन सक्छु,किनकि मेरो हजुर बुबा,बुबा,आमा,दिदी,भाइ,भान्जा,भान्जी र मेरो सारा उमेर काँग्रेस,काँग्रेस जपेरै बित्यो। काँग्रेसका नेतालाई स्वागत,सत्कार दिँदै बित्यो। काँग्रेसको आहान गरेको मुक्तिको आन्दोलन लाई साथ दिँदै बित्यो। त्यसैले काँग्रेस बलियो बनाउन,काँग्रेस भित्रका विसङ्गति,भद्रगोल हटाउन मलाई कसैले रोक्न सक्दैन।काँग्रेस कुनै मुठ्ठीभर नेताको पेवा, दाइजो बकस हुन सक्दैन।प्रजातन्त्र प्राप्ति, समानताको आन्दोलनमा अरूले जति जिन्दाबाद गरे,त्यो भन्दा बढी हाम्रो परिवारले काँग्रेसको लागि गरेको छ,मरेको छ,लडेको छ।तसर्थ पार्टीमा मेरो,मेरो परिवारको र आसेपासेको मात्र वर्चस्व कायम राख्छु भनेर आफ्नै पार्टी भित्रका वरिष्ठ नेताहरूलाई,कार्यकर्ताहरू लाई Cornor पार्ने, अपमान गर्ने काम हुन्छ भने बिस्तारै विद्रोह गरिन्छ।
डा शेखर कोइरालालाई पोखरा प्रशिक्षण भेलामा निम्तो नदिए पनि राष्ट्र,अन्तर्राष्ट्रका कार्यकर्ता,नेता जनता साथमा छन्।हत्केलाले प्रकाश छेक्न सकिँदैन।डा शेखर कोइरालालाई कसैले रोक्न सक्दैन।छेक्न सक्दैन।कोइराला व्यक्ति मात्र होइनन् ,प्रजातन्त्र सुशासन र भ्रष्टाचार निवारण गर्न आवाज बोली रहने,पयरदारी गरिरहने,अन्याय अत्याचार विरुद्ध लडिरहने संस्था हो।लोभी पापीहरू समाप्त हुने वा बहिस्कृत हुने दिन आउँदै छ।यही गरिरहे वा नसुध्रिए विद्रोह सुरु हुन्छ।कोही कसैका दास छैनन्। डा शेखर कोइरालालाई कुनामा पार्ने प्रपञ्च गर्नेहरूको केही महिनामै कनथ् विजोग पारिनेछ ।हाम्रो सामूहिक विद्रोहले २०८४ मा कस कस लाई बढार्छ?भन्न सकिन्न।
श्रीमानको हेपाई सहन नसकेर,अत्याचार सहन नसकेर श्रीमतीले वा श्रीमतीको हेपाई, अत्याचार सहन नसकेर श्रीमानले विद्रोह गरी सम्बन्ध विच्छेद गरिरहेको नजिर छ। हिजो अरूको हातमा पार्टी थियो,आज अनादर गर्नेहरूको हातमा पार्टी कब्जा छ।अब विद्रोहको दिन टाढा छैन।त्यसपछि पार्टी हाम्रो हातमा आउँछ।हामीले सबैलाई आदर गर्दै, सम्मान गर्दै,एकजुट बनाउँदै पार्टी अगाडी बढाउनु पर्दछ। मेरो स्वर्गीय हजुरबुबा र मेरो बुबा,आमाले सानो उमेर देखि हरेक दिन मलाई भनिरहेको एउटा कुरा सम्झना आई रहेछ,त्यो के भने जब पार्टी भित्र नेताको लोकप्रियता बढ्दै जान्छ,असफल वा अलोकप्रिय नेताहरू वा बाँकीहरू मिलेर लोकप्रिय नेताको लोकप्रियता रोक्न,खस्काउन एउटा कुनामा एकजुट हुन्छन्।त्यो लामो समय तक्दैन।कालो कालै हुन्छ।सेतो सेतै हुन्छ।
डा शेखर कोइराला प्रति बढिरहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय लोकप्रियता प्रति आफ्नो पार्टी भित्रकै धेरैलाई डाहा छ।छटपटी छ। सत्यको बाटो प्राप्ति गर्ने पहिलो बाटो शान्त विद्रोह वा हिंसात्मक विद्रोहको पद मार्ग हो। ईतिहाँसले हामीलाई के सिकायो भने अत्याचार सहेर,हेपाहा प्रवृत्ति सहेर,टुलुटुलु हेरेर,अरू कसैलाई शासनमा पुऱ्याई दिन कुर्ने दिन छैन। यसले प्रजातन्त्र,लोकतन्त्रको हित पनि गर्दैन /शासकीय सुधार पनि गर्दैन।अत्याचार विरुद्ध विद्रोह गरेर मात्रै धेरै असल पद्धति निर्माण भएका छन्।अब डा शेखर कोइरालाले समयमै महाधिवेशन गराउन विद्रोहको बाटो लिनु पर्दछ।स्वदेश तथा विदेशका लाखौँ लाख कार्यकर्ता डा शेखर कोइरालालाई साथ दिन तयार छन्।आजको केही महिना भित्रै हाम्रो विद्रोहले परिणाम निकाल्ने ठोकुवा गर्न सकिन्छ । पुनः भन्दछु,कोही कसैको दास छैन।हेपाई, मिचाई,अत्याचार विरुद्ध अब विद्रोह सुरु हुन्छ। डा शेखर कोइरालालाई कर्नर पारेर साउती गर्दै छलछाम गर्नेहरू लाई परास्त गर्नु पर्ने बेला आयो।