हेटौंडा / हेटौंडा ६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । संस्थाले सनिबार एक कार्यक्रमको आयोजना गर्दै मूल आयोजक समिति एवं उपसमिति घोषणा तथा सचिवालय उद्घाटन कार्यक्रममा सम्पन्न गरेको छ । शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागेको शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालले बताए । अध्यक्ष धितालको संयोजकत्वमा एकसय ९५ मूल समारोह समिति गठन गरेको छ ।
हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम्मा अध्यक्ष दाहालले स्थानियतहबाट हरेक तरिकाको सहयोग गर्न ततपर रहेको बताए । उनले समाजबाट बिकाशको मुल फुटने उदाहरण यो महायज्ञले दिने समेत बताउनु भयो । ज्येष्ठ नागरिक भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ गरेर टोल बिकाश संस्थाले नमुना कार्य गरेको उनको भनाई छ । यस कार्यमा वडाबाट आगामी बर्ष बजेट बिनियोजनका लागी आफुहरु तयार रहेको उनले बताए ।
राम अधिकारीसहितको सचिवालय उपसमिति, पूर्णभद्र चौलागाईंसहितको आर्थिक उपसमिति, रूपेश दुलालसहितको प्रचारप्रसार उपसमिति, अर्जुनप्रसाद चौलागाईंसहितको जनसम्पर्क उपसमिति, केशव धितालसहितको अतिथि सत्कार उपसमिति, विष्णुप्रसाद सापकोटासहितको सरसफाई उपसमिति, रन्जिता भेटवालसहितको प्रसाद वितरण उपसमिति र रामप्रसाद सापकोटासहितको भान्सा व्यवस्थापन उपसमिति गठन गरेको घोषणा गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, राप्रपाका वडा अध्यक्ष केदारबहादुर राई, प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव सापकोटा, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, रेसुङ्गा युवा क्लवका अध्यक्ष श्रीराम खतिवडा, कामधेनु बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । महायज्ञ मूल समारोह समितिका संयोजक तथा टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्था, क्लव, धार्मिक संघसंस्था लगायतको उपस्थिति रहेको थियो ।