हेटौंडा \ सामसुङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ं र ग्यालेक्सी एस २५ प्लस स्मार्टफोनको प्रिअर्डरका मोवाइलको बिक्री सुरु भएको छ । हेटौंडामा एक सय ५० वटा मोवाईलको प्रि बुकिङ भएको सामसुङ मोवाईलको आधिकारिक विक्रेता आरएम ईन्टरप्राइजेजका सञ्चालक रोहिणी प्रसाद गौतमले बताए । प्रि बुकिङ बाहेकका लागि अन्य ग्राहकहरुले नजिकको मोवाईल पसलबाट खरिद गर्न सकिने गौतमले बताए । प्रि बुकिङ जनवरी ३० मा खुलाईको थियो ।
ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसुङको एआई-फस्र्ट प्लेटफर्म वानयुआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पिच, इमेज र भिडियोहरू इन्टरप्रेट गरेर प्रयोगकर्ताका अन्तरक्रियालाई नेचुरल बनाउँछन् । ग्यालेक्सी एस २५ सिरिजले सन्दर्भ-समझदारीका साथ सुझाव प्रदान गर्दै कार्य खोज्न सजिलो बनाउँछ । जिफ सेयर गर्ने वाइभेन्टको विवरण राख्ने कार्यजस्ता कामका लागि झन्झटविना विभिन्न एपबीच सजिलै स्वीच गर्न सकिने जनाइएको छ ।
प्रि-अर्डर गर्ने ग्राहकले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६ जीबीबाट १२/५१२ जीबी मेमोरी अपग्रेड वा ३१ हजार ९ सय ९९ मूल्यको ग्यालेक्सी बड्स ३ प्रो १४ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्ने एवं ३ हजार ३ सय ९९ पर्ने सिलिकन कभर १ हजार ५ सयमा प्राप्त गर्न सक्नेछन्।
सामसुङका अनुसार ग्यालेक्सी एस२५ं र ग्यालेक्सी एस२५ बेस प्रि-अर्डर गर्दा ग्राहकले ३१ हजार ९ सय ९९ मूल्यको ग्यालेक्सी बड्स३ प्रो १४ हजार ९ सय ९९ र ३ हजार ३ सय ९९ को सिलिकन कभर १ हजार ५ सयमा प्राप्त गर्न सक्ने छन् ।
नेपालमा ग्यालेक्सी एस २५ अल्ट्रा ५१२ जी.बी.को मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ, एस २५ अल्ट्राको एक लाख ८४ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी एस २५ प्लस २५६ जी.बी.को मूल्य १ लाख ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, एस २५ २५६ जीबीको एक लाख १४ हजार ९ सय ९९ रुपैयाँ, एस २५ १२८ जीबीको एक लाख ४ हजार ९ सय ९९ रुपैयाँ पर्ने सामसुङका हेटौंडा प्रतिनिधि दिनेश श्रेष्ठले बताए ।