हेटौडा / “युवा सीप वर्ष २०८१” अन्तर्गत बागमती प्रदेश युवा परिषद्ले एक हजार पाँच सय युवाहरूका लागी निःशुल्क सीपमूलक तालिम सुरु गरेको छ । परिषद्ले वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेशका युवाहरूलाई स्वरोजगार बनाउन तालिम आयोजना गरेको युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनु भयो । परिषद्ले तिन सय नब्बे र एक सय साठी घण्टे तालिम अन्तर्गत कुक, वेटर, बारिष्टा, मन्टेश्वरी, ब्युटी पार्लर र विल्डिङ्ग, इलेक्ट्रिसियन जस्ता विषयहरू समावेश गरिएको चौलागाईले बताउनु भयो ।
“युवा सीप वर्ष २०८१” अन्तर्गत बागमती प्रदेशमा १० हजार युवाहरूलाई सिपमूलक तालिम दिने लक्ष्य अनुसार गत असार सम्म ४ हजार सात सय युवाहरूलाई तालिम दिई सकेको र अहिले एक हजार पाँच सयलाई तालिम प्रदान गरिरहेको उपाध्यक्ष चौलागाँईले बताउनु भयो । हाम्रो उद्देश्य २०८१ भित्र दश हजार युवालाई तालिम दिने थियो तर बिबिर्ध कारणले लक्ष्य हासिल गर्न नसके पनि करिब ७० प्रतिशत भन्दा बढी कामभएको छ चौलागाँईले बताउनु भयो ।
तालिम अन्तर्गत मकवानपुरका विभिन्न पालिकाहरुमा ४ सय जना, नुवाकोटका ८० जना,धादिङका २० जना,ललितपुरका ८० जना,काठमाण्डौका ८० जना,रामेछापका ६० जना,सिन्धुपाल्चोकका २० जना,दोलखाका ४० जना,सिन्धुलीका सय जना,चितवनका दुई सय साठी जना,भक्तपुरका ८० जना र काभ्रेका ४० जना युवाहरूलाई विभिन्न विषयमा तालिम दिन सुरु गरिएको उपाध्यक्ष चौलागाँईले बताउनु भयो ।
युवाहरूलाई सीप प्रदान गरी गाउँ, समाज हुँदै देशकै आर्थिक रूपान्तरणमा योगदान पु¥याउन र युवारुलाई नेपालमै रोजगारको अवसर सिर्जना गर्न मद्दत गर्ने उहाँको भनाई छ । बागमती प्रदेशका सम्पूर्ण युवालाई दक्ष, उद्यमी र सक्षम नागरिक बनाउन प्रयासरत रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा समेत युवाको समुन्नतिका लागि निरन्तर काम गर्ने योजनाहरु अघि बढाइएको उहाँले बताउनुभयो ।