कैलाश \ नेपाल मगर सङ्घकाे ४३औं स्थापना दिवसकाे अवसरमा विविध मगर सांस्कृतिक कार्यक्रम भएको छ । विहिबार नेपाल मगर सङ्घ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीकाे व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयाेजना गरिएको हाे । कार्यक्रम सङ्घकाे गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानकाे प्रमुख आतिथ्यतामा भएको थियाे ।
कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जाेगाउनु स्थानीय सरकारकाे दायित्व रहेकाे बताए । हामीले दायित्व बाेध गरे अनुरुप वाद्यबाधन सामाग्री प्रदान गरेकाे बताउँदै भाषा, धर्म, सभ्यता, कला चालचलनलाइ जाेगाउनु तपाईं हाम्राे सबैकाे दायित्व हाे । मगर भाषा मात्रै नभइ अन्य जातीहरुककाे पनि आफ्नाे भाषा विस्तारै हराउँदै गएकाेले त्यसतर्फ पनि सबैकाे ध्यान जान जरुरी रहेकाे बताए । वाद्यवादन सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएकाे उनले बताए ।

पञ्चेबाजा तालिममा युवा पुस्ताकाे सहभागीताले पुस्ता हस्तान्तरणकाे अभ्यास रहेकाे प्रति सङ्घलाई धन्यवाद दिँदै तीन पुस्ताले एकैपटक बाजा बजाउँदा आफुलाई गर्व लागेकाे अध्यक्ष मुक्तानले बताए । टाेलबाट सुरु भएको बाजा बजाउने काम अब पालिका हुँदै जिल्लामा पनि कैलाशकाे मगर बाजा प्रख्यात हुनुपर्ने उनले बताए । कतै मगरहरु हिन्दु छन् भने कतै बाैद्ध धर्मावलम्बीहरु छन् । धर्म साझा हाे तर विभेद भएको पाईन्छ । तीन तहकाे सरकार छ, सडक विस्तारकाे काम धमाधम भइरहेकाे उनले बताए । केही सडकका क्षेत्रमा आइई पास नभएकोले समस्या उत्पन्न भएको बताए । स्थानीय सरकारमा सबै अधिकार नभएकोले पनि समस्या भएको अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रम पालिका उपाध्यक्ष बालकुमार मल्लले मगरबाजा बजाउन बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई राेक्न पञ्चेबाजाका सामाग्रीहरु प्रदान गरेर गाउँमै बाजा बजाउने व्यवस्थापन गरिएको बताए । कला र संस्कृति जगेर्नामा मगर समुदायको भूमिका महत्त्वपूर्ण रहेकाे बताउँदै समाजमा भएका विकृति विसङ्गतिलाइ हटाउँदै अघि बढ्न आग्रह गरेका थिए । आफ्नाे जात, धर्म र परम्परामा राजनीति पार्टीको दबदबा रहनु नहुने समेत उपाध्यक्ष मल्लले बताए । कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले आफू तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति, रहन सहन मनपर्छ । मगरकाे उद्गम स्थल पश्चिमका पहाडी जिल्ला हुन तर अहिले देशका विभिन्न भागमा मगर समुदायको विस्तार भएको छ । मिश्रित रुपमा बसाेबास हुँदै अहिले सबै सङ्ग मिलेर बसाेबास गरिरहेकाे अवस्था रहेकाे वडाध्यक्ष घिसिङले बताए ।

मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्ति हाे भने हामीले मान्ने भनेकाे फागुन १५ काे दिवसलाइ भव्य मनाउने गरेकाे सङ्घका अध्यक्ष तुलराज दर्लामीले बताए । भाषा र लिपी ओझेलमा परेकाे अवस्था रहेछ, भाषा संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने बताए । हामी हिन्दु भन्दा पनि बाैद्घ धर्मावलम्बी रहेकाे ईतिहास समेत रहेकाे उनले बताए ।
कार्यक्रममा कैलाश वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास सिमितका संयाेजक राजेन्द्र घिसिङ, मगर सङ्घ जिल्ला सदस्य खड्गबहादुर रुचालमगर, आादिबासी जनजाति महासङ्घ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६का वडा सदस्य शम्भु अर्याल र जीतबहादुर थिङ, मगर सङ्घका गाउँसमितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली काङ्ग्रेसका वडा ६ सभापति कृष्णबहादुर माेक्तान, नेकपा माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर सङ्घ गाउँ समितिका सचिव केशव थापामगर बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतकाे आतिथ्यता रहेकाे थियो । कार्यक्रममा ओम नमाे बुद्ध मगर नाैमति बाजा समूहकाे प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरु मगर नृत्य प्रदर्शनी गरिएको थियो ।

साेहि अवसरमा गाउँपालिकाकाे आर्थिक सहयोगमा ॐ नवाेबुद्ध नाैमति बाजा समूहलाई हार्माेनियम १ थान, किवाेर्ड १ थान, टाेपी २० थान, गितार १ थान, टेम्पाे १ थान, ढाेलक १ थान, बाँसुरी २ थान, मजिरा १ थान, मादल २ थान, सानाे मगर ड्रेस १ थान, घलेक २० थान, नरसिंहा ४ थान, सनई २ थान, नाैमति ड्रेस २३ थान, क्याप २३ थान, खैजेडी २ थान लगायतकाे सामाग्री प्रदान गरिएको थियाे । गाउँपालिकाकाे आयाेजनामा मगर समुदायका युवा पुस्तालाई समेट्दै १ महिने पञ्चेबाजा तालिम प्रदान गरिएको थियाे । तालिममा सहभागीहरुलाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियाे ।