मकवानपुरगढी \ नेपाली काँग्रेस मकवानपुर गढी गाउँपालिका कार्यसमितिले शनिवार अगुवा तथा क्रियाशील सदस्य भेला तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । गाउँपालिका सभापति राजवीर मुक्तानको सभाध्यक्षता तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको थियो ।
भेलामा नेकपा एमालेमा श्रमिक सङ्गठनका नेता शङ्कर प्रसाद न्यौपाने लगायत नेकपा माओवादी केन्द्र लगायत अन्य दलबाट दर्जनौँ व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा बोल्दै सभापति बानियाँले काँग्रेस नेतृत्वको पालामा निर्माण भएका र गरेका विकास कार्यक्रमहरूलाई जनस्तरमा पुराउनुपर्नेमा जोड दिएका छन् । सबैको हित र गाउँ विकासमा काँग्रेस नै आवश्यक रहेको बताउँदै निर्वाचित जनप्रतिनिधिले पार्टी नेतृत्वले गरेका छलफल र घोषणापत्रमा उल्लेख भए बमोजिमका कामहरूलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति रघु रमण न्यौपाने, जिल्ला सचिव ईश्वर पाठक, महासमिति सदस्य सूर्य बहादुर रुम्बा, क्षेत्र १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र २ का सभापति लोकबहादुर मुक्तान, क्षेत्र १ का सचिव एवं मकवानपुर गढी गढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान,, क्षेत्र १ (क) सभापति सुशान्त कुमार श्रेष्ठ, क्षेत्र २ (क) सभापति खड्ग गोपाली, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य यति राज सापकोटा, दलित सङ्घका नेतृ पवित्रा विश्वकर्मा, मकवानपुर काठमाडौँ समर्पक समितिका अध्यक्ष तेजप्रसाद घिमिरे, गढी गाउँपालिका सभापति मध्यबाट वडा २ का सभापति रामप्रसाद पुडासैनी, गाउँपालिका तरुण दल अध्यक्ष सानो कान्छा थिङ लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा महासमिति सदस्य सुवात सिं थिङ, प्रभात दाहाल, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, प्रदेश समिति सदस्य जानकी लामा, क्षेत्र १का सङ्घीय सचिव कविन सांगामी, २ का सचिव बलराम घिमिरे, जिल्ला सदस्य राजकुमार गोले, राजु खतिवडा, जिल्ला तरुण दल अध्यक्ष खीलाराज सापकोटा लगायत पार्टी भित्रका विभिन्न तहका नेतागण तथा गाउँपालिका निर्वाचित वडा अध्यक्ष एवं जनप्रतिनिधि र वडा सभापतिहरूको आतिथ्यता रहेको थियो ।