हेटौंडा \ नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेसप्रति जनताको आशा र भरोसा रहेको बताउँदै यसलाई कायम गर्दै जनताको हितमा निरन्तर काम गर्नुपर्ने बताएका थिए। उनीहरूले देशको हरेक परिवर्तनमा कांग्रेसले नेतृत्व लिएको बताउँदै विकासको नेतृत्व पनि कांग्रेसले नै गरिरहेको बताएका थिए । यस्तो भेला र जागरण अभियानलाई निरन्तरता दिंदै सबैलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, क्षेत्र नम्बर १ प्रदेश (ख) सभापति राजेश बानियाँ, नगरसभापति उत्सव इटेनी, हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा-६ का यसअघिका सभापतिहरू, पार्टीबाट जनप्रतिनिधि बनेका महानुभावहरूलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेकपा एमाले परित्याग गरेका धनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेसमा स्वागत गरिएको थियो ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव ईश्वर पाठक, महासमिति सदस्य प्रभात दाहाल, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, प्रदेश समिति सदस्य जानकी लामा, क्षेत्र १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र २ का सभापति लोकबहादुर मुक्तान, हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा-१७ का वडा अध्यक्ष उद्धव सत्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका र भातृसंगठनका जिल्ला, संघ, प्रदेश, नगर, वडाका विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जनाएका छन्।