आर के त्रिपाठी लेख्छन्-
पेरे ट्रुडो र जस्टिन ट्रुडो,बाऊ र छोरा,दुबै क्यानडाको प्रधानमन्त्री। बाऊ पेरे ट्रुडोले तिन कार्यकाल १५ बर्ष १६४ दिन शाषन गरे।छोरा जस्टिन ट्रुडोले १० वर्ष। क्यानडाका प्रधानमन्त्री छोरा जस्टिन ट्रुडोले क्यानडालाई करिब १० वर्ष प्रधानमन्त्री भई हाँके/पेरे ट्रुडे र जस्टिन ट्रुडो दुबै होनाहार/दुवै जना Liberal Party Canada का नेता भए। जस्टिन ट्रुडोका बुबा पेरे ट्रुडो क्यानडाका सबैभन्दा लामो प्रधानमन्त्री भएका व्यक्ति हुन्। पेरे ट्रुडोको लिगेसिकै कारण जस्टिन ट्रुडो राजनितीमा आए। जस्टिन ट्रुडो होनाहार थिए। जस्टिन ट्रुडोको पहिलो कार्यकालमा यता छिमेकी देशमा डोनाल्ड ट्रम्प पहिलो कार्यकालको लागी राष्ट्रपति भए।
डोनाल्ड ट्रम्प राष्ट्रपती भए पश्चात क्यानडालाई संयुक्त राज्य अमेरिकाको ५१ औं राज्य बनाउन चाहन्थे। जस्टिन ट्रुडो होनाहार राष्ट्रवादी नेता हुन्। यता अमेरिकाले कर नीति परिवर्तन गऱ्यो। क्यानडा अफ्ठेरोमा पर्दै गयो। क्यानडाको मौसम,उत्पादनमा ह्रास, बेरोजगारी,व्यापार घाटा,आन्तरिक ऋण, भारत संग प्रत्यक्ष बिग्रदो सम्बन्ध,कमजोर अर्थतन्त्र लगायत विविध कारणले क्यानडा अफ्ठेरोमा पर्दै थियो। उता ट्रम्प संगको सम्बन्ध पनि विग्रियो । यसै बीच राष्ट्रवादी नाराका बीच जस्टीन ट्रुडो दोश्रो कार्यकालको लागी क्यानडाको प्रधानमन्त्री भए। यता अमेरिकामा Trump पछि बाईडेन आए तर पनि क्यानडा अमेरिकाको संबन्ध कसिलो हुन सकेन। उत्पादनमा ह्रास, बेरोजगारी,व्यापार घाटा,आन्तरिक ऋण, डामाडोल कमजोर अर्थतन्त्रले गर्दा जस्टिन ट्रुडोको लोकप्रियता खस्कदै थियो।
यसै बीच यता छिमेकी देश अमेरिकामा Trump दोश्रो पटक राष्ट्रपती भए।अमेरिकामा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भइसकेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ कर नीति ल्याए/यो कर नीति अन्तर्गत विदेशबाट आयातित वस्तुहरूको कर निकै बढ्यो र विशेष गरी यसले छिमेकी देश क्यानाडालाई केही असर गर्यो/Trump र ट्रुडोको सम्बन्ध सुरुदेखी राम्रो भएन।ट्रुडो अफ्ठेरोमा परे। एकतिर ट्रुडोको बुवाको Legendary ईतिहाँस र अर्को तिर आफ्नो खस्कदो लोकप्रियता । बुबा र आफ्नो जोगाउनु पर्ने लोकप्रियता र Liberal Party Canada को लोकप्रियता लाई थप क्षती हुन नदिन जस्टिन ट्रुडोले Liberal Party Canada को नेताबाट राजिनामा दिए।उता प्रधानमन्त्रीबाट पनि राजिनामा दिने घोषणा गरे। Canada लिवरल Party ले पार्टी नेता चुन्न चुनाब गर्नु पर्ने भयो।
Justin ट्रुडोको अति विश्वास पात्र उप-प्रधानमन्त्री तथा अर्थमन्त्री र पूर्व विदेशमन्त्री क्रिष्टिया फ्रि ल्याण्ड नेता हुन चुनाबी मैदानमा आईन। उता मार्क कार्नी जागिरे थिए तर अनुभबी होनाहार अर्थशान्त्री थिए।Trump संग सामला गर्न सक्ने नेताको खोजी क्यानडामा भई रहेको थियो। Bank of England र Bank of Canada का पूर्व गभर्नर मार्क कार्नीले दुई महिना अगाडी Liberal Party Canada को सदस्यता लिई पार्टी प्रवेश गरे। पार्टी प्रवेश गरेको तेश्रो हप्ता Liberal Party Canada को पार्टी नेतामा उमेदवारी दिए। जस्टिन ट्रुडेका अत्यन्त विश्वास पात्र उप- प्रधानमन्त्री,अर्थमन्त्री तथा पूर्व विदेशमन्त्री क्रिष्टिया फ्रिल्याण्ड र मार्क कार्नी बीच विगत हप्ता चुनाव भयो। Liberal Party को तर्फ बाट एक लाख ४० हजार संगठित सदस्यले मतदान गरे।मार्क कार्नीले ८६ प्रतिशत भोट ल्याएर Liberal Party को नेता चुनिए र अब भविष्यमा प्रधानमन्त्री हुँदैछन्।
मार्क कार्नी Liberal Party मा सदस्यता लिएको दुई महिनामा दलमार्क कार्नीको नेता बन्न सम्बन्ध भए। मार्क कार्नी संग तिन देशको नागरिकता छ। नागरिकताले दलको नेता हुन छेकेन । नागरिकता त्याग्न परेन तर बफादारी पत्रमा सहि छाप गराई सपथ गराईयो। बौद्धिकता, अनुभब र विज्ञताको कदर गरियो । यता बेलायतमा २०१५ मा Conservative पार्टीमा सदस्यता लिएका ऋषी सुनक पनि ७ वर्षको बीचमा Conservative पार्टीको नेता चुनिई दलको नेता भए। प्रधानमन्त्री भए।लामो इतिहाँस भन्दा पनि विज्ञता,बौद्धिताको कदर भयो।
नेपालको राजनैतिक पार्टीमा यस्तो चलन कहिले शुरू हुने हो?मलाई थाहा भएन। नमरुन्जेल पद नछाड्ने, गर्न केहि नसक्ने,सिन्को नभाँच्ने, अलोकप्रियताको ख्याल नराख्ने,पार्टी नासियोस तर म छोड्दिन्न भनिरहने,मै मेरे त डुमै राजाको सिद्धान्त लिने,विज्ञ बौद्धिकलाई पार्टी शासनमा स्थानै नदिने नराम्रो रोग नेपालमा प्रवेश गरेको देखिन्छ ।
दाई र बा को दौरा समात्दैमा,भजन गाउँदैमा नेपालको संवृद्धि र विकास आउँदैन भन्ने सोच ज्ञान किन तिनका हजुरिया र भजन मण्डलियाहरुमा आउँदैन नेपालमा? नेता छान्दा किन कार्यकर्ताहरुले आफ्नो विवेक प्रयोग गर्दैनन् नेपालमा? दाई र बा ले जे भन्यो,त्यसैको जयजय कार किन गरिन्छ नेपालमा ?
राजा लोकप्रिय भएर राजा आऊ,देश बचाऊ भनेको होइन जस्तो लाग्छ।दाई र बा को भजन गाउने हजुरियाहरुको शासकीय Failure, चरम भ्रष्टाचार, बेराजगारी,आर्थिक डामाडोलले गर्दा राजेन्द्र लिङ्देल,कमल थापा वा दुर्गा प्रसाईंको आहवानमा लाखौं मानिसको उपस्थिति भनेको चरम निराशा र शासकीय असफलताको संकेत हो जस्तो लाग्छ।
देश राजा आए पनि बन्दैन,राजा गए पनि बन्दैन। गणतन्त्र आए पनि नबन्न सक्छ।देश बनाउन संकल्प,योजना विचार र इच्छाशक्ति चाहिन्छ। त्यसको लागी Canada मा अनुभबी विद्धान अर्थशास्त्री मार्क कार्नीलाई Liberal Party Canada ले दलको नेता स्वतन्त्र विवेक प्रयोग गरि चुने जस्तै नेपालको राजनैतिक पार्टी कार्यकर्ताले हरेक पल स्वतन्त्र विवेक प्रयोग गरि निर्णय लिनु पर्दछ। मार्क कार्नीको पार्टीमा सदस्यता लिएको र काम गरेको इतिहाँस लामो नभए पनि Trump को घेराई लाई तोड्न् र क्यानडाको सार्वभौमिकतालाई उँचो राख्न अर्थतन्त्र उकास्न र अमेरिकाको हेपाईलाई डटेर सामना गर्न Liberal पार्टी Canada को दलको नेतामा एक लाख ४० हजार संगठीत सदस्यले भोट गरेर ८६ प्रतिशत मत दिई मार्क कार्नी लाई नेता चुन्दा नागरिकताको प्रश्न उठेन। बफादारी पत्रमा मात्र सहिछाप गराईयो । तीन देशको नागरिकता लिएका मार्क कार्नीलाई नागरिकता त्याग गर्न पनि भनिएन ।
मेक्सिकोका पूर्व स्वास्थमन्त्री Dr.Julio Frenk लाई Harvard University अमेरिकाले Harvard University सुधार गर्न Dean नियुक्त गरेको इतिहाँस छ। यस नियुक्तिमा नागरिकता भन्दा व्यक्तिको अनुभव,योग्यता र दक्षताको कदर गर्दै नागरिकताको संकिर्ण दायराबाट माथी उठेर Right Man in Right Place को सिद्धान्त प्रयोग भएको देखिन्छ।मेक्सिकोका पूर्व स्वास्थमन्त्री Dr.Julio Frenk लाई Harvard University अमेरिका मा डिन भई नियुक्ति लिन काम मेक्सिकन नागरिकताले छेकेन ।
मार्क कार्नी २००८ -२०१३ सम्म Bank of Canada को Governor थिए। होनाहार अनुभबी थिए। बेलायतको Economy २००९ देखि आर्थिक मन्दी Recession मा गयो। उता Canada मा Governor मार्क कार्नी राम्रो गर्दै थिए। बेलायत सरकारले बेलायतको आर्थिक मन्दि उकास्न २०१३ मा क्यानडियन नागरिक मार्क कार्नी लाई Governor of the Bank of England हुन प्रस्ताव गऱ्यो। क्यानडा सरकार लाई क्षतिपूर्ती दिएर उनै क्यानडियन नागरिकलाई Bank of England को गभर्नर पदमा नियुक्ति गर्यो ।
मार्क कार्नी 2013 to 2020 सम्म Bank of England को Governor पदमा काम गरे। बेलायतको आर्थिक मन्दि उकासि दिए। यो नियुक्तिमा Canadian नागरिकताले छेकेन। उनै मार्क कार्नी लाई बेलायत सरकारले 2011 to 2018 सम्म बेलायतको Financial Stability Board को अध्यक्षको जिम्मेवारी दियो। पछि उनै Canadian नागरिक मार्क कार्नी बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख आर्थिक सल्लाहकार बने। यसमा पनि उनलाई बेलायतमा काम गर्न Canadian नागरिकताले छेकेन र नागरिकता त्याग गर्नु पर्दछ भनिएन। यो एक Right Man In Right place को नियुक्ति थियो ।
तर नेपालमा आफ्नै सन्तान लाई गैर आवाशीय नागरिकता(NRN Citizenship) दिए पछि Right Man In Right place को नियुक्ति लिन,दिन किन नागरिकता त्याग गर भन्ने प्रश्न उठ्छ ? बुझ्न सकिएन।मेरो विचारमा यो संकिर्ण राष्ट्रवाद हो । जे होस Liberal Party Canada का संगठित सदस्यहरुले बौद्धिक अर्थविज्ञ मार्क कार्नी लाई नेतृत्व दिलाए। मार्क कार्नीले अमेरिका संगको विग्रदो सम्बन्ध कसरि सुधार गर्दछन् ? र क्यानडा लाई कसरि उकास्छन्? हेर्दै जाउँला।
जब सम्म नेपालको राजनैतिक पार्टी र शाषकहरुले विदेशमा रहेका अनुभवि,बौद्धिकलाई नेपाल बोलाई पार्टी र शासनका नियुक्ति दिदैनन् वा प्रयोग गर्दैनन् र शासकहरु नेपाली श्रम खाडीमा बेच्न होडवाजी गर्दै खाडी मुलुकसंग श्रम सम्झौता गर्दै नेपाल सरकारले ठूलो काम गऱ्यो भन्दै टेलिभिजन, पत्रिका र फेसबुक रंगाउन होडवाजी गरिरहन्छन्,तबसम्म यो देश अरु ५० औं वर्ष यस्तै साइकल वा Tread mill को पाङ्ग्रा जस्तै घुमि रहनेछ।
नेपालको यो सारा बेतिथी,भ्रद्रगोल गञ्जागोलबाट मुक्त पाउन नेपालका राजनैतिक पार्टी, कार्यकर्ता,नेता र शासकहरुले Liberal पार्टी क्यानडाका प्रधानमन्त्री ट्रुडोको त्याग र दलका नेता मार्क कार्नीबाट पाठ लिनु पर्ने देखिन्छ । Liberal पार्टी क्यानडाका प्रधानमन्त्री ट्रुडो लाई धन्यवाद र मार्क कार्नी लाई कार्यकाल सफलताको शुभकामना ।