भीमफेदी \ नेपाली काङ्ग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिकाे आयाेजनामा बुधबार भीमफेदी-६ धाेर्सिङमा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरसंवाद कार्यक्रम भएको छ । गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठकाे अध्यक्षता तथा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र जिल्ला सभापति बुद्ध लामाकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आन्तरिक गुटउपगुटले पार्टी कमजोर हुँदैन, काे व्यक्ति काे तर्फ नजिक भन्ने विषय मात्रै हाे गुट उपगुट हाे । यसले पार्टीलाई कमजाेर नबनाउने बताए । पार्टीको आन्तरिक निर्वाचनलाई आत्मसात गरि आउने अस्तित्व स्वीकार्नु पर्ने बताउँदै अन्तरद्वन्दलाई अन्त्य गरिनुपर्ने बताए । पार्टीको आन्तरिक चुनावले पार्टीभित्र ठुलाे राेगकाे रुपमा अन्तरद्वन्द रहेकाले यसकाे अन्त्य गर्न वडातह देखि नै लाग्नुपर्ने देखिन्छ । सामाजिक सञ्जाललाइ सदुपयोग गराैं, काङ्ग्रेस नेतृत्वले गरेकाे कामलाई प्रचारप्रसार गरि जनता सामु लैजान वडा तहका नेतृत्वले ध्यान दिनु जरुरी रहेकाे सभापति बानियाँले बताए ।
टिकट पाउने जाे काेहि उम्मेदवार बन्छ उसलाई जिताउने तर्फ लाग्न आग्रह गर्दै जिताउने जिम्मा समेत मेराे रहने प्रतिवद्वता व्यक्त गरेका थिए । संघीयताले विकासकाे लहर लागेकाे छ । धेरै सडक सञ्जाल निर्माण हुनुका साथै शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायत अन्य क्षेत्रमा विकास तीव्र रुपमा भईरहेकाे सभापति बानियाँले बताए ।
कार्यक्रममा मन्त्री महर्जनले पार्टीभित्र रहेकाे वडातह देखि पालिका, क्षेत्र र जिल्ला सम्म रहेको अन्तरद्वन्दलाई समाधान गरिनुपर्ने बताए । एकले अर्कालाई आराेपप्रत्याराेप लगाउने कार्यलाई अन्त्य गरिनुपर्ने बताए । म अहिले सरकारकाे मन्त्री छु तैपनि यस सरकार प्रति आफू सन्तुष्ट छैन, मन्त्री महर्जनले भने । सरकारभित्र पनि आराेपप्रत्याराेपकाे कार्य चलिरहेको अवस्था छ । कार्यक्रममा जिल्ला सभापति बुद्ध लामाले काङ्ग्रेस अभियान बाेकेर आफ्नो रफ्तारमा हिड्ने पार्टी रहेकाे बताए । पार्टीभित्रकाे अन्तरद्वन्द चिर्न अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमले सहयोग पुग्ने बताए । जनताकाे काममा काङ्ग्रेस जहिले पनि अग्रसर रहेकाे बताउँदै वडा तहदेखि पालिका र प्रदेश तहमा नेतृत्व लिईदा जनताकाे कामलाई प्राथमिकता दिनुपर्ने बताए । उनले पार्टीभित्रकाे अधिवेशन र स्थानीय निर्वाचनमा टिकट चाहिने भनी अघि सर्ने साथी उपस्थित नहुदाँ ती साथीलाई आगामी दिनमा पार्टी नचाहिने हाेर ? भन्ने प्रश्न उठाउँदै पार्टीको हरेक क्रियाकलापमा सबै साथीहरूले सहभागीता जनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तानले काङ्ग्रेसले गरेका कामहरुकाे प्रचार गर्नुस, अरु दलले गरेकाे भ्रमलाइ चिर्न वडा सभापतिहरु लाग्नुपर्ने बताए । पार्टीका साथीहरूले तीन तहको सरकार सङ्ग अन्तरसंवाद गरिनुपर्ने बताउँदै हामीले गरेका कामहरुलाइ सामाजिक सञ्जाल मार्फत प्रचार गरिनुपर्ने बताए । माननीयहरु भ्रम फैलाउँदै समाजमा हिडिरहेका छन् । संवैधानिक अधिकार अनुरुप आएका बजेटलाई आफुले ल्याएकाे प्रचारबाजी राजनीति गरिरहेकाेलाई वडा तहबाटै चिर्नुपर्छ, सभापति मुक्तानले आग्रह गरे ।
कार्यक्रममा जिल्ला पुर्व सभापति रघुरमण न्याैपाने, सहसचिव इन्दिरा न्याैपाने, क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तान, महासमिति सदस्य शान्ता विक, जिल्ला सदस्यहरु राजु खतिवडा, धिरेन लामा, भरत लामा, माेमलाल दाेङ्ग, तारा कार्की, बागमती प्रदेश सदस्य पुरुषाेत्तम ठकुरी र चम्फुरत्न लामा, काठमाडौं-मकवानपुर सम्पर्क समिति अध्यक्ष तेजप्रसाद घिमिरे, क्षेत्र १का संघीय सह-सचिव मुना कुमारी पाठक, महाधिवेशन प्रतिनिधि गाेरिमाया लामा लगायतको आतिथ्यता रहेकाे थियोे । कार्यक्रममा ९ वटै वडाका सभापतिहरुले वडामा भइहेका गतिविधि र गुनासाहरु राखेका थिए ।