हेटाैडा \ हेटाैडा - ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन्। निर्वाचन समितिका संयाेजक अर्जुनप्रसाद चाैलागाईले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे शपथ गराएका हुन् ।
चैत २३ गते सम्पन्न भएकाे निर्वाचनमा अध्यक्षमा कृशव धिताल, उपाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ , सचिवमा अमुना सापकोटा , सहसचिवमा हेम बहादुर याेञ्जन र काेषाध्यक्षमा गाेमा लामिछाने निर्वाचित भएका थिए । यसैगरि सदस्यहरुमा सूर्यप्रसाद दुलाल, पूर्णभद्र चाैलागाई, केदारप्रसाद अधिकारी , बाबुराम तामाङ ,अनिता सापकोटा , लक्ष्मीदेवी श्रेष्ठ , जाेगमाया राई र विष्णु पिश्वकर्मा निर्वाचित भएका थिए । हेटाैडा ६ का वठा अध्यक्ष विष्णुबहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम निर्वाचन समिति संयाेजक अर्जुनप्रसाद चाैलागाईकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा हेटाैडा ६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा , सव डिभिजन वन कार्यालय, हेटाैडाकी सविना रिजाल, निर्वाचन समिति सदस्य रामहरि चाैलागाई, साधुराम चाैलागाई, चुच्चेखाेला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की , जनकल्याण साकाेसका अध्यक्ष हिमाल पाैडेल, चाैघडा साकाेसका अध्यक्ष विजयकुमार श्रेष्ठ, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, नवजीझ ज्याेति क्लबका अध्यक्ष राजकुमार बास्ताेला, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह, उपभोक्ताको सहभागीता थियाे ।