एनआरएनए बेल्जियमले आगामी १४ अप्रिलमा आयोजना गरेको “नेपाल बेल्जियम डे” मा नेपालका बिभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, जनचेतना लगायत अन्य परोपकारी काम गरिरहेका बेल्जियन नागरिकहरुले आफ्नो अनुभब सुनाउने र आगामी कार्ययोजना बारेमा छलफल गर्नेछन ।
नेपालसंग जोडिएका बेल्जियनहरुलाई सहभागी गराएर पहिलो पटक हुन लागेको कार्यक्रममा नेपाली नयाँ बर्षको शुभकामना आदान-प्रदान संगै प्रसिद्ध लोक गायक पशुपति शर्माको सांगीतिक कार्यक्रम हुनेछ।कार्यक्रममा बेल्जियम डान्स आइडल जितेका स्थानीय कलाकारहरुको सांस्कृतिक नृत्य का साथै शुभकामना आदान प्रदान हुनेछ।
सांस्कृतिक कार्यक्रमबाट उठेको रकम हालै म्यानमार (बर्मा) मा गएको बिनासकारी भुकम्प पिडितहरुलाई सहयोग गर्ने एनआरएनए बेल्जियमकि अध्यक्ष सीता सापकोटाले बताउनुभएकोछ।
नेपालमा सामाजिक सेवाको काम गर्दा बेल्जिक संस्थाहरुले भोगेका समस्यालाइ सहजीकरणका लागि एनआरएनए लगायत बेल्जियममा सक्रिय नेपाली संघसंस्थाहरुले पनि सुझाब दिने र साझेदारीका लागि प्रतिबद्धता गर्न सक्नेछन।
विपदको समयमा अत्याबस्यक सहयोग आबस्यक भएमा बेल्जियमको नेपाली समुदायले सम्पर्क सूत्रको रुपमा काम गर्नका लागि पनि छलफल, अन्तरक्रिया हुने र त्यसबाट नेपालका दुर्गम गाउमा सहयोग पुर्याउन सहज हुने ‘बेल्जियम नेपाल डे’ कार्यक्रमका संयोजक एबम आइसिसी सदस्य मदन दवाडीले जानकारी गराउनु भएकोछ।
नेपाली राजदुताबास बेल्जियम र लुभेन नगरपालिकाको सहकार्यमा हुने ‘बेल्जियम नेपाल डे’ को कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, लुभेन नगरपालिकाका प्रमुख मोहम्मद रुद्वानी लगायत नेपालमा लामो समय देखि समाजसेवा गरिरहेका बेल्जियन दाताहरुको सहभागिताले कार्यक्रम उपलब्धिमुलक हुने बिश्वास गरिएकोछ।