हेटाैडा \ हेटाैडा ६ शान्तिटाेलमा लगाईएकाे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा १७ लाख ४४ हजार बचत भएकाे छ । शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि १५ गतेसम्म लगाईएकाे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम संकलन हाे । सप्ताहकाे आयब्यय विवरण शनिवार संस्थाकाे कार्यालय शान्तिटाेलमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गरिएको हाे ।
सप्ताहमा विभित्र दाताहरुबाट २७ लाख ११ हजार, ४२५ कलश विक्रीबाट १ लाख २१ हजार ८ सय , धान बिक्रीबाट ७४ हजार ४ सय, घण्टी दानबाट ३६ हजार १ सय, ब्रम्हाण भाेजनबाट २७ हजार ७७५, दानपेटीकाबाट ३० हजार २५०, चामल विक्रीबाट ७ हजार ५ सय अन्य आम्दानी १७ हजार ६४६ गरि कुल ३० लाख २६ हजार ८९६ आम्दानी भएकाे छ । यसैगरी ब्रम्हाण दानमा १ लाख ४० हजार, कलाकार पारिश्रमिकमा १ लाख २७ हजार, छपाईमा २ लाख ३३ हजार, साउण्ड सिष्टममा ९५ हजार,रामनामी खरिदमा ८० हजार कलश खरिदमा ९६ हजार टेण्ट भाडामा १ लाख ४७ हजार खर्च भएकाे छ ।
यसैगरी रुद्राक्ष माला खरिदमा ४० हजार, पूजा सामान खरिदमा ३१ हजार, सामान खरिदमा ३९ हजार , कपडा खरिदमा ३६ हजार, बाजामा २३ हजार, भजनटाेलीमा १५ हजार, सरसफाइमा १५ हजार, प्रचार प्रसारमा २० हजार र विविधमा १ लाख ४७ हजार ४८० खर्च भएकाे काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताए । बाकी रहेकाे रकमले हेटाैडा ६ मा रहेकाे विपी गणेशमान स्मृति शान्तिपार्कमा ज्येष्ठ नागरिक भवन र राधाकृष्ण मन्दिर निर्माण गरिने संस्थाले जनाएकाे छ ।
शान्तिटाेल टाेल विकास संस्थाका अध्यक्ष केशव धितालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा भूमि आयाेग मकवानपुरका सदस्य अर्जुनप्रसाद चाैलागाई, नेकपा एमाले हेटाैडा ६ का अध्यक्ष विश्वराज राई, ज्येष्ठ नागरिक मञ्च हेटाैडा ६ का अध्यक्ष बासुदेव सापकोटा , मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकाेटा, स्थानीय, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।