हेटौँडा \ हेटौंडा-१३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं स्थापना दिवस विहीबार मनाएको छ । कार्यक्रममा सहकारीको सामाजिक भूमिका, महिला नेतृत्वको प्रभावकारिता तथा आगामी योजना विषयक प्रस्तुत गर्दै कार्यकर्म गरिएको हो । संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षता तथा बागमती प्रदेशका गरिबी निवारण तथा सहकारी मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका करिब १२ देखि १३ हजार सहकारी संस्थामध्ये दुई/तीन सय मात्र समस्या देखिएको उल्लेख गर्दै महिलाहरूको नेतृत्वमा सञ्चालित सहकारीहरू तुलनात्मक रूपमा बढी उत्तरदायी, अनुशासित र पारदर्शी देखिएको बताएका छन् ।
मन्त्रालयमा कार्यभार सम्हालेको चार महिनाको अवधिमा सबै सहकारीहरूको गतिविधि नियाल्दा सहकारीहरू जनस्तरसम्म प्रभावकारी रूपमा पुगेको अनुभूति भएको पनि उनले बताए । मन्त्री श्रेष्ठले सहकारीलाई गरिबी निवारण र आर्थिक समावेशिताको भरपर्दो आधारको रूपमा परिभाषित गर्दै सहकारी प्रणाली सुधारमा मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै सहकारीमार्फत परिवर्तन सम्भव रहेको स्पष्ट पारेका थिए ।

संस्थाका अध्यक्ष थापाले महिला मिलन साकोसले विगत २५ वर्षको अवधिमा गरेका प्रयासहरू, सामुदायिक स्तरमा पुर्याएको योगदान तथा भविष्यमा लैजानुपर्ने लक्ष्यबारे जानकारी दिइन् । कार्यक्रममा सफल उद्यमीतर्फ प्रमिला माया स्याङ्तान, अनिशा विक, देवी भोम्जन, आराधाना घलान र दीपा बलामीलाई सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने समूह लक्ष्य महिला समूह, ऋणी सदस्यहरुमा रीता स्याङ्तान, सपना श्रेष्ठ, ममता माया रुम्बा, अमृता तामाङ, विशुकुमारी थोकरलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट बचतकर्तातर्फ विनिता थिङ, रिना लामा, रञ्जिता शिवाकोटी, सीता ढुङ्गाना, सीता विक, विमला मोक्तान, समिका खतिवडा, विविमाया मुक्तान, सरिता लामा र कविता मैनाली समूह र उद्यमीहरूलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत पदमपोखरी बहुमुखी क्याम्पसलाई संस्थाले २५ हजार रुपैयाँ बराबरको छात्रवृति सहयोगसमेत प्रदान गरेको छ ।

कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामा, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, सहकारी विभाग शाखा प्रमुख महेन्द्र चापागाई लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय प्रमुख ज्योति महत, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष सुलोचना स्याङ्तान, महिला सेवा साकोसका उपाध्यक्ष रुक्मिणी गोम्बा, पदमपोखरी बहुमुखी क्याम्पसका अध्यक्ष सोमबहादुर थिङ, महेन्द्र माविका अध्यक्ष अमृत लुङ्बा, पूर्वअध्यक्ष सुकुमाया थिङ, तदर्थ अध्यक्ष राममाया घिसिङ, लेखा समिति संयोजक विष्णुमाया लामा, पदमपोखरी अस्पतालका प्रमुअ शेरबहादुर ब्लोन लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले चैत्र मसान्त सम्ममा ८१ करोड १७ लाख ७५ हजार १२७ कुल सम्पति रहेको सहकारीमा ६ हजार चार सय जना सदस्य आवद्ध रहेका छन् । ७ करोड १३ लाख ५७ हजार शेयर पुजीँ रहेको सहकारीले आफ्ना सदस्यलाई ५४ करोड ३६ लाख २६ हजार १४२ रुपैयाँ कर्जा लगानी गरेको प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन् । संस्थाको बचत निक्षेप भने ६१ करोड १७ लाख ९३ हजार ८२१ रुपैयाँ रहेको छ ।
