हेटौडा \ भूमि समस्या समाधान आयोग मकवानपुरले आफ्नो अभियानलाई निरन्तरता दिइने क्रममा जिल्लाको दशवटै स्थानीय तहमा पुगेको छ । विहीवार मकवानपुरको भीमफेदी गाउँपालिकामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यत्रम गरेसागै दशवटै गाउापालिकाको आयोगको अभियान पुगेको हो ।
यसअघि आयोगले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती, राक्सिराङ, इन्द्रसरोवर, मनहरी, बकैया, कैलाश र मकवानफुरगढी अन्तरक्रिया कार्यत्रम सञ्चालन गरिसकेको छ । भीमफेदी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष र भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आथिथ्यता रहेको थियो ।
आयोग अध्यक्ष बलराम बलले गाउापालिकाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणिकरण भैसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ४०–५० दिनसम्ममा लालपूर्जा वितरण गर्ने वातावरण बनाउने बाचा गरे । भीमफेदीका अध्यक्ष लामाले भूमिहिन दलित र सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरी ९ वटै वडाबाट प्राप्त फाइल हरु कम्प्युटरमा प्रबिष्ष्ट गर्ने कार्य भैइरहेको बताए ।
आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार भीमफेदीका नौ वटै वडाबाट प्रमाणिकरण गरिएका फाइलहरुमा भूमिहीन दलित, सुकुम्बासी, र अव्यवस्थित गरी १२ सय परिवारको पहिचान भइसकेको बताए । कार्यक्रममा स्वागत मन्तव्य भीमफेदीका उपाध्यक्ष सञ्जिव श्रेष्ठले गरेका थिए । आयोगकी महिला सदस्य डिलमाया घर्ती, आयोग विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेंल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर राना, ९ वटै वडाका अध्यक्ष, पालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।