कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिम सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच तालिमको सुरु गरिएको हो । वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले कैलाशमा पहिलो पटकनै यो तालिमको सञ्चालन गरिएको बताए । धेरै कार्यक्रम मध्ये महिलाका लागि यस तालिम लाभदायी रहनेछ, आयआर्जन सँग जोडेर सीप सिक्दा व्यक्तिगत र व्यवसायिक पाटोमा समेत सहजता रहन्छ, अध्यक्ष मुक्तानले भने ।
उद्यमशील बन्छु भनेर तालिममा आउनु भएको छ भने सिकेको सीपलाई कायान्वर्यन गर्न सहभागीहरुलाई आग्रह गरे । छोरा मान्छेलाई अनिवार्य कपाल काट्नु जस्तै छोरी मान्छेलाई श्रृङ्गार अतिनै आवश्यक रहेकोले यस तालिमको आवश्यकता छ, अध्यक्ष मुक्तानले बताए ।
मेकअप तालिम व्यक्तिगत र व्यवसायिक रुपमा आवश्यक तालिम रहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । सक्रियताका साथ तालिममा सहभातिा जनाई तालिम पश्चात आफ्नो आयआर्जनको स्रोत बनाउँदै उद्यम गर्न आग्रह गरेका थिए । सीप सिकाई पछि पार्लर खोलेर सेवा प्रदान गर्न सबैलाई वडाध्यक्ष घलानले आग्रह गरेका छन् । यस अघि पनि डल, कुसन, झोला, जुत्ता बनाउने तालिम सञ्चालन गरि महिलाहरुको आर्थिक पक्षलाई बलियो बनाउने कार्य भएको उनले बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाश गाउँपालिकाको साझेदारीमा आयोजित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत ३३ दिने व्यूटिसियन तथा मेकअप तालिम कार्यक्रममा हिमगंगा ग्रामीण विकास केन्द्र काठमाडौंका अध्यक्ष इन्दिरा न्यौपाने, वडा ९ का सचिव पुजा बल्लभ, गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, मेकअप तालिका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । तालिममा १८ जना गृहिणी तथा किशोरीहरुको सहभागिता रहेको छ । तालिम अवधिमा दुलही श्रृङ्गार, सामान्य देखी एडभान्स सम्मको मेकअपको तालिम प्रदान गरिने जनाइएको छ ।
सोही कार्यक्रम अन्तरगत सीपमूल उद्यमशिलता तथा १५ दिने ह्याण्डीक्राफ्ट बनाउने तालिमको मंगलबार समापन भएको छ । गत चैत्र २५ गते देखी सुरु भएको तालिम कैलाश १० कुमलटारमा सञ्चालन भएको थियो । २० जनाको सहभागिता रहेको तालिमलाई जनजागरण नेपालले आयोजना गरेको हो । संस्थाका अध्यक्ष लक्ष्मी गोलेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।
कार्यक्रममा सिकेको सीपलाई कार्यान्वयन गर्न अध्यक्ष मुक्तानले सहभागिहरुलाई आग्रह गरेका छन् । सीप सिकेपछि आफु स्वंम व्यक्तिमा पनि परिवर्तन हुनुका साथै आर्थिक पक्षमा पनि सहजता हुने उनले बताए । समूह दर्ताको प्रक्रिया बढाउनु भएको रहेछ, अब आगामी दिनमा समूहमा रहेर उद्यम गर्न आवश्यक साथ सहयोग गाउँपालिकाले गर्नेछ, अध्यक्ष मुक्तानले भने । समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, तालिमका प्रशिक्षक सुशीला राई र नानीमाया विष्ट, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
कुरुष छुन र देख्न समेत पाएका थिएनौं, अहिले सीप सिक्ने क्रममा कुरुषबाटै विभिन्न वस्तु तयार पार्न सक्ने भएका छौं, एक सहभागिले भनिन् । तालिमलाई अझै एडभान्स रुपमा लिन पाए उद्यम गरेर व्यवसायिक बन्न सक्ने सहभागि तीर्थकुमारी मुक्तानले बताईन् । तालिम अवधिभर गलबन्दी, रोज, झोला, किरिङ, टोपी, लेबन्टु लगायतका वस्तुहरु बनाउने सीप प्रदान गरिएको जनजागरण नेपालका अध्यक्ष गोलेले बताईन् । सोही अवधि हामीले उद्यमशीलता सम्बन्धी पनि तालिम प्रदान गरिएको उनले बताईन् ।