हेटौंडा \ मोबाइल व्यवसायीको साझा संगठन नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभा हेटौंडामा हुने भएको छ। महासंघको आगामी बैशाख २६ र २७ गते हेटौंडामा चौथो केन्द्रीय साधारणसभा हुने मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ।
व्यवसायीहरु २६ गते शुक्रबार हेटौंडा आइपुग्ने छन् भने २७ गते शनिबार केन्द्रीय साधारण सभा हुने केन्द्रीय उपाध्यक्ष एंव भेला संयोजक छतेन्द्र आचार्यले बताए । सभामा व्यवसायीका समस्या र मुद्धामा बृहत छलफल हुने र सभामा आगामी योजनाका सन्दर्भमा समेत व्यापक छलफल हुने उनले बताए ।
दुई हुने कार्यक्रममा २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ, सभामा ६० जिल्ला, सात प्रदेश, केन्द्रीय समिति र मकवानपुरका गरी एक हजार व्यवसायीहरुको सहभागिता रहने आचार्यले जनाए । रोयल पार्टीप्यालेसमा हुने सभालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने तय रहेको उपाध्यक्ष आचार्यले बताए ।
सभालाई राभोज मोवाईल र साओमी मोवाईल कम्पनीले प्रायोजन गरेको छ भने बीएन ट्रेडर्स अल्टिमा, माई पावर, आरती चार्जर उद्योग र नोइजले सह प्रायोजन गर्ने भएका छन भने सभाका लागि विभिन्न ९ वटा उपसमिति गठन गरि तयारीलाई तीव्र बनाइएको उनले बताए ।
पत्रकार सम्मलेनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, महासंघ बागमती प्रदेश अध्यक्ष एसीज रिजाल मधेश प्रदेश अध्यक्ष मोहन कार्की, म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपाने, लगायत सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।