सत्तै सत्ताको खातमा नयॉ सत्ताको खेल शुरू भएको छ । धार्मिक सत्ता र क़ानूनी सत्तामा थपिएको छ नाबालिग सत्ता । धार्मिक सत्ता अन्तर्गत हिन्दु सत्तामा केहि वर्ष अघिसम्म ६७ बर्षमा छोरीचेलीको तथाकथित पुण्यको नाममा बिहे गरिन्थ्यो ।१५ १६ बर्षमा बच्चा जन्माईन्थ्यो ।आमा हजुरआमाहरू खुशी हुनुहुन्थ्यो हुनुहुन्नथ्यो त्यसको हिसाब किताब पछि गरौला ।
सरोकार वाला र आफूलाई कानुनको हिमायती ठान्नेहरूले धार्मिक सत्ता अपराध माने र कानुनी सत्ताको विकास गरे । क़ानूनी सत्ताले महिला अधिकार, व्वाक स्वतन्त्रता,व्यक्ति विशेष स्वतन्त्रता दिलायो ।यहि सत्ताको बुई चडेर समाज र वातावरणलाई दुषित बनाउने कोषिस त भई रहेको छैन भन्ने आवास हुन थालेको छ पछिल्ला घटनाक्रम हेर्दा । नेपालका केहि वेवकुफ कानुन विज्ञहरूले गरेको क़ानूनी टुर्टी पनि मनपरि सत्ताको कारक हो भन्दा सायद फरक नपर्ला ।
कुनै पनि १८ वर्ष उमेर पुगेको केटाकेटीले अपराध गरेमा वयस्क सरह पूरा सजायको भागीदार हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।तथापि १८ वर्ष मुनिका केटाकेटीले विवाह गर्दा बालविवाह हुने । यो कानुनी व्यवस्था आफैमा टुर्टी पूर्ण छ । विश्व स्वास्थ्य संगठन लगायत संयुक्त राष्ट्र संघ को रिपोर्ट हेर्ने हो भने १७ वर्ष वा सो भन्दा माथि उमेरकी केटि पूर्णरूपले महिला हुन्थिन् । फेरि कसरी १७ बर्षको केटी नाबालिग भईन् । अमेरिकामा सेक्स सम्बन्धि कानुन हेर्ने हो भने समझदारीमा भएका सम्बन्धहरू नानूनी रूपमा दण्दनिय छैनन् चाहे त्यो १६ वर्षमा भएको होस् वा १७ वर्षमा ।
कुनै पनि कानुन भन्दा माथि व्यक्तिको नैसर्गिक अधिकार हुन्छ र हुनुपर्दछ । आफूलाई कानुनका ठेकेदार मान्नेहरूले लेखेका र लेखाईएका धारा र उपधाराहरू अकाट्य हुन सक्दैनन् ।कदाचित ती धारा वा कुवाहरू भगवानले पठाएका दिब्य वाणी पनि त होइनन् । जब यी र यस्ता कानुनको आड लिएर कुकर्म हुन्छ र हुने गर्दछ, यस्ता कानूनी धारालाई परिमार्जन गर्नु अपरिहार्य हुन्छ। यी र यस्ता आरोप प्रति न त मेरो सहमति छ न त बिमति नै ।मेरो माग र भनाई हो पक्षपात रहित समाज र देश ।
नियम र कानुन सबैका बराबरीको हुन्छ र हुनुपर्दछ । तब सहि मानेमा नारी पुरूष बराबरी भन्ने भनाई चरितार्थ हुन्छ जस्तो लाग्छ । आफूलाई कमजोर र बिचरा देखाएर कसैको भविष्य अन्धकार बनाउने छुट र अधिकार कसैलाई छैन र हुनुहुदैन । महिला अधिकार र उत्पिडनको वकालत गर्ने समाजमा कतै पुरूष त पिडीत भएका छैनन् भन्ने डर समाज देखिन्छ ।
संभोग र सम्पत्तिको मज्जा लिने अनि जब समय र परिस्थिति आफ्नो प्रतिकुल भन्ने लागेमा त्यसलाई अर्कै नाम दिने ।यदि साच्चै नारी पुरूष बराबर हो भने उस्तै उमेर भएका नारीलाई न्याय र पुरूषलाई दण्ड म पुरूष भएर पुरूषको वकालत गरेको कदापि होईन गलत अर्थ नलागोस् । के यसैलाई भनिन्छ महिला अधिकार ? ताक परे तिवारी नत्र गोतामे ।प्यास नमेटिए सम्म मेरो राजा मेटिए पछि बलत्कारी ? यहाँ सम्म पुरूषको हुर्मत लिदा पनि ति तथाकथित नावालिकको नाम सम्म पनि बाहिर नआउनुमा र लुकाउनुमा के कारण हुन सक्छ ?
के उनी सत्यसंग अपरिचित छिन् वा असत्यसंग डराएकी ? यदि साच्चै नै बदनाम गरिएको व्यत्तिले अपराध गरेको हो भने हद सम्मको कार्वाही हुनुपर्छ बिना भेदवाद चाहे आम नागरिक होस् या उपल्लो श्रेणीको ।
बलत्कारको शाब्दिक अर्थ हो सहमति बिना केटा या केटीलाई डर, धम्की अथवा प्रलोभन देखाएर बलको प्रयोग गरी गरीने करणी। यसमा साच्चै नै ए या बी पक्ष पिडीत हो भने यसको प्रतिकार त्यसै समयमा या निकट छोटो समय भित्र हुन्छ र हुनु पर्दछ । बलत्कारको कुरा गरि रहदा चाहे त्यो पल शाह पक्षको घटनाको प्रकृति होस् वा सन्दिप लामिछानेको दुवैमा यस्तो देखिएन ।
पल शाह सफलताको उचाई छुदै गरेको एउटा असल व्यक्तित्व, जसलाई बलत्कार जस्तो अपराधको आरोप लगाईयो। ढिलै भए पनि उनी बलत्कारीको ट्यागबाट मुक्त भए र निर्दोष साबित भए तर पनि कानुनका व्यत्ता भनिनेहरूले जेल सजाय र जरिवाना तोके आखिर के का आधारमा । यदि सन्दिपले अपराध गरेको हो भने हदै सम्मको सजाय होस् र हुनुपर्दछ तर यदि यो आरोप गलत सावित भएमा सन्दिपको उज्जल भविष्यमा लाग्ने कालो बादलको मुल्य र क्षतिपूर्ती कसले तिर्ने ?
ख़बरदार स्क्याम्प मेकरहरू ।