नेपाल प्रेस युनियनको नयाँ नेतृत्वको लागी हेटौडामा आज निर्वाचन हुदैछ । महाधिबेशनमा पत्रकारीता भन्दा पनि बढी राजनिति हाबी भएके प्रष्ट देख्न सकिन्छ । देशभरबाट १ हजार ६ सय प्रतिनिधि हेटौडा आएका छन । ९ बर्ष बर्ष हुन नसकेको महाधिवेशन यो पटक सम्पन्न भयो । यसले युनियनकर्मीहरुमा नयाँ जोश जाँगर पैर्दा गर्नु स्वभाबिक छ । तर पत्रकारहरुको आन्तरीक प्रतिष्प्रर्धामा पनि नेपाली काग्रेशका नेताहरु फिल्डमै उत्रेकाछन । हुन त यो काग्रेशमा मात्र होईन सबै राजनितिक दलमा पनि यस्तै परम्पर चल्दै आएको छ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशनमा गुटगत प्रभाव पहिले भन्दा झनै बढेको छ। यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा हुने ९ औँ महाधिवेशनमा पार्टीका शीर्ष नेताहरुको गुटबन्दीको आधारमा उम्मेदवार चयन भएको छ।
कांग्रेसको गत मंसिरमा भएको १४ औँ महाधिवेशनमा जस्तै प्यानलसहित संस्थापन पक्ष र संस्थापन इतर पक्ष छुट्टाछुट्टै टिम बनाएर निर्वाचनमा होमिएकाछन् । संस्थापन पक्ष अर्थात् प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र डा शेखर कोइराला महामन्त्री गगन थापा समूहबाट पत्रकारहरुले उम्मेदवार दिईसकेका छन् ।
संस्थापन पक्षबाट अध्यक्षका लागि अनिता बिन्दुसहित पदाधिकारीको टुंगो लागिसकेको छ। संस्थापन समूहले कार्यदलनै बनाएर उम्मेदवार चयन गरेको हो। उम्मेदवारी टुंग्याउन बनेको कार्यदलमा वर्तमान अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष समिरजंग शाह, डा. सुरेश आचार्य, डा. नवराज लम्साल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा कार्यदल गठन गरेको थियो।सो कार्यदलले गत मंगलबार अध्यक्ष पदकालागि अनिता बिन्दुको नाम फाइनल गरेको थियो ।
अध्यक्ष सहित पदाधिकारीमा आकांक्षी देखाएका विभिन्न पत्रकाहरुमध्येबाट बिन्दुको प्यानल सहित उम्मेदवार चयन गरेको छ। सो प्यानलमा अध्यक्षमा बिन्दु, बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल, उपमहासचिवमा केशब साउद, खगेन्द्र भण्डारी र कोषाध्यक्षमा माधव धिताललाई उम्मेदवार बनाउने निर्णय भएको छ र उनिहरुले उमेदवारी दिईसकेकाछन् । अध्यक्षका उम्मेदवार बिन्दु नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्ष समेत हुन्। त्यस्तै संस्थापन इतर समूहबाट भने अध्यक्ष पदकालागि शिव लम्साललाई अगाडी बढाईएको छ । उनले अध्यक्ष पदका लागी उमेदवारी दिईसकेकाछन ।
यस्तै महासचिव पदमा दिलिप पौडेलले उमेदवारी दिएकाछन । हेटौँडाको रोयल पार्टी प्यालेसमा शनिबार हुने निर्वाचनमा प्रस्तावित नेपाल प्रेस युनियनको विधानमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसँगै खुल्ला २, महिला १, समावेशी १, सात प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ र उपत्यकाबाट १ गरी ८ उपाध्यक्ष, महासचिव १, खुल्ला ३, महिला २, समावेशी १ गरी ६ उपमहासचिवको व्यवस्था गरिएको छ। यस्तै विधानमा खुल्ला ३, महिला २, जनजाति १, मधेसी १, दलित १, खसआर्य १, थारु १, पिछडिएको क्षेत्र १ गरी ११ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।