हेटौडा ६ चौघडामा रहेको वशं गोपाल मन्दिरमा नव दुर्गा पुजाको तयारीका लागी कार्य थालिएको छ । हेटौडा ६ का पुर्व वडा सदस्य राजकुमार बास्तोलाको सकृयतामा यो कार्य भैरहेको हो । हरेक वर्ष जस्तै आयोजना हुने दुर्गा पुजा कार्यक्रमका लागी तयारी थालिएको हो ।
अहिले मन्दिरको सरसफाई, बत्ति हाल्ने तथा दुर्गाका मुर्तीहरु निर्माण गर्ने कार्यहरु भैरहेको बास्तोलाले बताए । नौरथा लागे देखीे सुरु हुने दुर्गा पुजाको लागी हेटौडा ६ का भक्तजनहरुलाई पुजागर्न तथा जमरा राख्न सहजहोस भन्ने उद्देश्यले यसलाई अगाडी बढाईएको बास्तोलाले बताए ।
आफनो धर्म संस्कृतिलाई पनि उजागर गर्न र पहिलेका वर्षहरु जस्तै अहिलेको वर्षमा पनि दुर्गा पुजाले दशैं आएको अनुभुती गराउन यो कार्य गरीएको बास्तोलाले बताएका छन् । यस कार्यका लागी चौघडाका व्यवसायीहरु सुर्दशन थापा, सोनी गुरुङ्ग, गोपाल दुलाल, विष्णु बहादुर राई, जनकराज शर्मा, दिनेश ढकाल, ईश्वर राना मगर, बिबेक मानन्धर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोर धिताल लगाएतको सक्रियता रहेको बताईएको छ ।
नवरात्रीमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। यी देवीहरू हुन्ः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ। नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ।