नेपाली साहित्य आकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन् भैरब अर्याल । उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्। अर्यालको जन्म विसं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो। उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो।
नेपालीमा एम्ए साहित्यरत्न र संस्कृतमा मध्यमा सम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरेका थिए । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरेको बताईएके छ। उनै अर्यालको ८६ औं जन्मजयन्तिका अवसरमा उहाँको प्रतिमामा बुधबार माल्यार्पण कार्यक्रम गरिएको छ।
साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरको संयुक्त आयोजनामा हेटौडामा बुढ्यौली साहित्य समाजका अध्यक्ष तथा बरीष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजालले माल्यार्पण गरेका थिए। यसै वर्ष मंसिरमा रचना वाचन, सम्मान वितरण लगायत भैरव अर्याल स्मृतिसम्बन्धी विशेष कार्यक्रम गर्ने योजना रहेको रिजालले बताए।
कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेश अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।
पुष्पलाल स्मृति पुस्तकालय परिसरमा २०६३ सालमा निर्माण गरिएको प्रतिमा मोरङका नविन सुवेदीले तयार गरिदिएको र सो प्रतिमा काठमाण्डौं उपत्यकापछिको हेटौंडामा स्थापना भएका बताएका छन्।