हेटौंडा \ हेटौंडा क्याम्पसको १४ औ क्याम्पससभा शनिबार भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा सभा भएको भएको थियो ।
अध्यक्ष सिग्देलले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । क्याम्पस विशुद्ध सामाजिक सेवाभावले स्थापित भएको बताउदैं क्याम्पसलाई साझा बनाएर अघि बढ्न जोड गरेकी थिइन् । उनले आधुनिक प्रविधिलाई शिक्षामा समाहित गरि शिक्षण अनुसन्धान र अन्य क्रियाकलापहरुको गुणस्तर प्रदान गरेर सरोकारवालाहरुको सन्तुष्टि स्तर बढाउने, दक्षजनशक्ति मार्फत समृद्ध राष्ट्र निर्माणमा टेवा पु¥याउने लक्ष्य रहेको बताइन् ।
उनले आगामी दिनमा विभिन्न संकाय र विषयका तहगत कक्षा सञ्चालन गरिनेुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुसँग सम्बन्ध कायम गरि आर्थिक तथा अन्य सहयोग आदानप्रदान गर्ने उद्देश्य राखेको बताइन् ।
कार्यक्रममा क्याम्पसका उपाध्यक्ष आनन्दराम पराजुलीले क्याम्पसको वित्तिय अवस्थामा सुधार गर्दै विद्याथीहरुमा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गराई युगानुकुल सक्षम जनशक्तिको उत्पादन गर्ने बताए ।
क्याम्पसले आव २०७९/८० मा अनुमानित आय ८ करोड २३ लाख ८२ हजार रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ । आव २०७८/०७९ को वास्तविक आय ४ करोड ८१ लाख ८५ हजार र व्ययतर्फ प्रशासनमा ४ करोड २० लाख ९७ हजार तथा पुजीँगततर्फ १६ लाख ४६ हजार रहेको उल्लेख छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली कांग्रेसका सभापति बुद्ध लामा, नेकपा एमालका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुर्यचन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।