हेटौंडा \ हेटौंडा २ देवीपथमा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आव २०७८/०७९ मा आफ्ना शेयर सदस्यलाई २९ करोड ९३ लाख ४६ हजार ९४३ रुपैयाँ लगानी गर्न सफल भएको छ । हेटौंडा उपमहानगर, मकवानपुरगढी र बकैया गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाई सदस्यहरुलाई बचत तथा ऋणको कारोबार गर्दै आइरहेको छ ।
सहकारीले एक करोड १६ लाख ७९ हजार ४८३ रुपैयाँ मुनाफा गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । सहकारीको २२ औं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा गर्दै आफ्नो आर्थिक, सामाजिक तथा आगामी कार्य योजनाका साथ अनुमानित आयव्यय प्रस्तुत गरिएको थियो ।
बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको सभा संस्थाका अध्यक्ष मिठाराम दहालको सभाध्यक्षता रहेको थियो । सभाको अवसरमा सहकारीले विभिन्न विधामा सम्मान तथा पुरस्कृत पनि गरेको थियो ।
सहकारीले उत्कृष्ट मासिक बचतकर्ता शरदकृष्ण श्रेष्ठ, नमिता स्याङ्तान, उत्कृष्ट धितो सुरक्षण ऋणी डोल प्रसाद भट्ट र पम्फा महत र बाल बचतकर्तामा निष्ठा पौडेललाई पुरस्कृत गरेको थियो । सहकारीले दीपबहादुर पराजुली र भवमाई चौलागाईलाई जेष्ठ शेयर सदस्य सम्मान गरिएको थियो ।
उत्कृष्ट व्यवसायी चुनु राई, सक्रिय सदस्य उपाध्याय लामिछानेलाई पनि सम्मान गरिएको थियो । सहकारीको धेरै शेयर खरिद गर्ने अज्मीर केसी, आवधिक बचतकर्ता मधुसुदन सत्याललाई सम्मान गरिएको थियो । सहकारीले एसईइमा उत्कृष्ट अंक ल्याउने सामुदायिक तर्फ निश्चित घिमिरे र संस्थापन तर्फ श्रीशान्त घिमिरे र दीपिका न्यौपाने, प्लस २ तर्फ कृपा थापा, अमृत हुमागाई, प्लस २ प्राविधिक विद्यालय तर्फ दिवस घिमिरे, दीपा चौलागाईलाई पुरस्कृत गरिएको थियो । सभाकै अवसरमा संस्थाका वरिष्ठ सहायक अनुराधा हुमागाईलाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो ।
सभामा बागमती प्रदेशका सदस्य मुनु सिग्देल, प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, सहकारी रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली, बचत तथा सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुङ्गाना, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय प्रमुख ज्योथि महत लगायतको आतिथ्यता रहेको थियो । सभामा संस्थाका सल्लाहकार सुर्यचन्द्र न्यौपाने, उद्धवप्रसाद दाहाल, हातेमालो साकोसका अध्यक्ष हरिप्रसाद पौडेल, शिक्षकहित साकोसका अध्यक्ष सिताराम दाहाल, संस्थाका उपाध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
२ करोड ७७ लाख ९७ हजार ५ सय शेयर पुजीँ रहेको सहकारीमा बचत निक्षेप भने २९ करोड ४९ लाख ३३ हजार ९१ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए । उनले जगेडा कोषमा २ करोड ११ लाख ७४ हजार ४८६ रुपैयाँ रहेको बताएका छन् ।