हेटौंडा \ मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको २९ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । भीमफेदी १ मा रहेको दुग्ध प्रशोधन उद्योग परिसरमा भएको सभामा संघले १९ करोड ३ लाख ७९ हजार ७६४ रुपैयाँ बराबारको कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख अतिथ्यता तथा संघका अध्यक्ष बासुदेव अधिकारीको सभाध्यक्षतामा सभा भएको थियो । सहकारीले गरेका कार्यहरु र समिक्षात्मक विषयवस्तुहरु समेटिएर अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आव २०७९/८०मा गरिने कार्यक्रमहरु र योजनाहरु प्रस्तुत गरेका थिए ।
संघमा ४० वटा सहकारी संस्था आवद्ध रहेको संघमा ७० हजार लिटर दुध भण्डारण क्षमता रहेको छ । संघले आव २०७८/०७९ मा एक करोड ३८ लाख ४४ हजार ३५२ लिटर दुध खरिद गरीएको संघका व्यवस्थापक कुमारमणि दाहालले बताए । एक करोड १३ लाख शेयरपुजीँ रहेको संघमा एक करोड २३ लाख ८४ हजार १५४ रुपैयाँ जगेडा कोष रहेको दाहालले बताए ।
सभामा केन्द्रीय दुग्ध उत्पादक सहकारी महासंघका अध्यक्ष नारायणप्रसाद देवकोटा, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, मकवानपुरगढीका पुर्व अध्यक्ष विदुर हुमागाई, मकवानपुरगढी ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा, निर्वाचन समितिका संयोजक अधिवक्ता ध्रुवप्रसाद चौलागाई, सदस्य विरेन्द्र ढुङ्गाना लगायतकाको आतिथ्यता रहेको थियो ।
संघको शुक्रबार अधिवेशन पनि रहेको छ । अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ ।